स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते « Khabarhub

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको हरिवन नगरपालिकाको विभिन्न वडाक्षेत्रमा पछिल्लो समय स्यालको आक्रमणका घटना बढेको पाइएको छ । नजिकैको जङ्गलबाट आएका स्यालका हूलले मानिस र पशु चौपायालाई आक्रमण गरी घाइते तुल्याउने क्रम बढेको छ ।

स्यालको टोकाइबाट बितेको २० दिन यता नगरपालिका विभिन्न क्षेत्रमा १० जना घाइते  भएको वडा नं ६ का वडाध्यक्ष सन्तलाल घिसिङले जानकारी दिए ।

गएको शुक्रबार साँझ मात्रै सोही वडामा एक बालिकासहित चार जनालाई स्यालले आक्रमण गरेको हो। स्यालको आक्रमणबाट  हालसम्म तीन दर्जनभन्दा बढी पशुचौपाया घाइते भएका छन् । 

स्यालको आक्रमणबाट पछिल्लो समय स्थानीय ३० वर्षीया शर्मिला मैनाली, ३५ वर्षीया सावित्रा कुमारी मैनाली, ५७ वर्षीया देवमाया शिवाकोटी र दुई वर्षीया बालिका गोपिकाकुमारी महतो घाइते भएका छन् ।

उनीहरूलाई साँझ घर वरपर काम गरिरहेको अवस्थामा स्यालले आक्रमण गरेको थियो । उनीहरूको हात, खुट्टासहित शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ ।  स्यालको आक्रमणबाट त्यस नगरपालिका–१, ६ र ८ बढी प्रभावित रहेको पाइएको छ ।

वनक्षेत्र नजिकै भएकाले मानव बस्तीमा पसी दिउँसो नै स्यालले मानिस र पशु चौपायालाई आक्रमण गर्न थालेपछि सर्वसाधारणलाई घर बाहिर निस्कन समेत डर मान्न पर्ने स्थिति बनेको स्थानीय रमेश लामा बताउँछन्। 

स्यालको आक्रमणका घटना बढेपछि स्याल नियन्त्रणका लागि  डिभिजन वन कार्यालयसँग समन्वय भइरहेको नगरप्रमुख रमेश बुडाथोकी बताए । 

‘केही दिनयता स्यालले नगर क्षेत्रका केही गाउँमा आतंक मच्चाएको छ,’ उनले भने, ‘हामीले वन कार्यालय र  पुलिस प्रशासनलाई समेत खबर गरी स्याल नियन्त्रण गर्न आग्रह गरेका छौँ ।’

स्यालको आक्रमणबाट घाइते मानिस र पशु चौपायालाई रेबिज  सङ्क्रमण नहोस् भनी पालिकाले प्रदेश सरकारसँग समन्वय गरी आवश्यक खोप लगाउने काम गरिरहेको नगर स्वास्थ्य शाखाका प्रमुख रामबाबु चौधरीले जानकारी दिए । 

उनका अनुसार, पछिल्ला दिनमा स्वास्थ्यकर्मी र पशु चिकित्सकको टोली गाउँ–गाउँमै पुगेर घाइतेको उपचार गरिरहेको छ ।
 

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ५ : ४५ बजे

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको

डेढ–दुई लाखबाट सुरु गरेको खेतीमा ८० लाख लगानी

तेह्रथुम– रोजगारीको खोजीमा गाउँका युवा बर्सेनि विदेशिन थालेपछि ग्रामीण बस्ती

भरूवा बन्दुक बरामद

दैलेख– नौमुले गाउँपालिका-३ स्थित भाडेखोला सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक ३ थान

कोशी कटानको त्रासमा श्रीलंका टप्पुका बासिन्दा

सुनसरी– बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र