यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित « Khabarhub

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित


४ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ । बेत्रावतीस्थित फलाखु खोलामा अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै लाङटाङ क्षेत्र घुम्न आउने पर्यटक बढ्न थालेको हो । लाङटाङस्थित होटल ‘माउन्टेन भ्यु’ का सञ्चालक नीमा लामाका अनुसार फलाखुमा बेलिब्रिज निर्माण भई यातायात सञ्चालन हुन थालेसँगै आन्तरिक तथा बाह्य पर्यटक आउनेक्रम बढी स्थानीय पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

जिल्ला सदरमुकाम धुन्चे तथा स्याफ्रूबेँशीबाट दुई दिन पैदल यात्रा गरेपछि लाङटाङ पुग्न सकिन्छ । धुन्चेबाट ठूलो र सानो भार्खू, ब्राबल, ठूलो स्याफ्रू, पहिरो, बम्बो, रिमिचे र लामा होटल हुँदै लाङटाङ पुग्न सकिने होटल सञ्चालक लामाको भनाइ छ ।

लाङटाङ क्षेत्र घुम्न जाने पर्यटकका लागि असोज र कात्तिक महिना अनुकुल भएको बताउँदै उनले भने, “अहिले यस क्षेत्रमा कुनै समस्या छैन, अतिथि सत्कारका लागि स्थानीय होटल व्यवसायी तयारी अवस्थामा छन् । अब ढुक्क भई लाङटाङ क्षेत्र घुम्नुहोस्, आनन्द लिनुहोस् ।”

गोसाईँकुण्ड गाउँपालिका–४ स्थित निकुञ्ज क्षेत्रमा पर्ने पर्यटकीयस्थल लाङटाङका वडाअध्यक्ष डुण्ढु ज्याङ्वा तामाङले सङ्घीय राजधानी काठमाडौँबाट नजिकको सुन्दर, शान्त र रमणीय लाङटाङ क्षेत्रको भ्रमण गर्न अनुरोध गर्दै पर्यटकको सेवामा स्थानीय सरकार र निकुञ्ज परिवार रहेको बताए ।

प्रकाशित मिति : ४ कार्तिक २०८३, बुधबार  ७ : १४ बजे

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा