कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका–३ स्थित वेदकोट ताल र ऐतिहासिक बैजनाथ बाबा मन्दिर आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा परिचित हुँदै गएका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत दैजी चोकबाट करिब सात किलोमिटर उत्तरमा रहेको वेदकोट तालको प्राकृतिक सुन्दरताले यहाँ पुग्ने पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

ताल परिसरमा निर्माण गरिएको भ्यू टावर, पिकनिक स्पट तथा धार्मिक कोरिडोरले यस क्षेत्रको आकर्षण थप बढाएका छन् । प्राकृतिक सौन्दर्यसँगै धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको यस क्षेत्रले घुमफिर र धार्मिक भ्रमणका लागि उपयुक्त गन्तव्यको पहिचान बनाउँदै गएको छ ।

वेदकोट ताल र बैजनाथ बाबा मन्दिरले कञ्चनपुरको पर्यटन प्रवर्द्धनमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
























प्रतिक्रिया