सरकारमा रहेर सेवा गर्नु गौरव र जिम्मेवारी दुवै : मन्त्री श्रेष्ठ « Khabarhub

सरकारमा रहेर सेवा गर्नु गौरव र जिम्मेवारी दुवै : मन्त्री श्रेष्ठ


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले निष्पक्ष, पारदर्शी र सफल निर्वाचन सम्पन्न गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छन्।

मन्त्री श्रेष्ठले भनिन्, ‘सरकारमा रहेर सेवा गर्नु गौरव र जिम्मेवारी दुवै हो। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको हैसियतले म निष्पक्ष, पारदर्शी र सफल निर्वाचन सम्पन्न गर्न पूर्ण प्रतिबद्ध छु।’ 

उनले लोकतन्त्रको संरक्षण र सुदृढीकरण सबैको साझा कर्तव्य भएको उल्लेख गर्दै निष्पक्ष निर्वाचनमार्फत लोकतन्त्रलाई अझ सशक्त बनाउने दिशामा जिम्मेवारीका साथ अघि बढ्न सबैलाई आग्रह गरिन्।

कार्यभार सम्हालेदेखि सीमित समयभित्र निष्ठा, लगन र इमान्दारिताका साथ अधिकतम प्रयास गरिरहेको बताउँदै मन्त्री श्रेष्ठले निर्वाचन लोकतन्त्रको आधारशिला भएकाले यसको सफलताका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखिन्।

 उनले दिगो लोकतान्त्रिक स्थायित्वका लागि सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई आगामी निर्वाचनमा सक्रिय, संयमित र जिम्मेवार ढंगले सहभागी हुन हार्दिक अपिल गरिन्।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  २ : ३६ बजे

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले