ज्ञानेन्द्रले फेरि लेखे ‘राजा’, संवाद सचिवालय भन्छ, ‘श्री ५ महाराजधिराज जनकपुर गइबक्सिँदैछ’ « Khabarhub

ज्ञानेन्द्रले फेरि लेखे ‘राजा’, संवाद सचिवालय भन्छ, ‘श्री ५ महाराजधिराज जनकपुर गइबक्सिँदैछ’


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले फेरि आफूलाई पूर्वराजाकै हैसियतमा राखेर सन्देश जारी गर्न थालेका छन् । उनी जनकपुर जाने भएपछि उनको संवाद सचिवालयले जारी गरेको सूचनामा राजाकै हैसियत दिइएको छ।

गत दशैंको शुभकामना सन्देशमा आफूलाई ‘पूर्वराजा’ भनेर उल्लेख गरेका शाहले फेरि ‘राजा’ लेख्न थालेका हुन् । देश प्रतिनिधिसभाको चुनावतिर जाँदै गर्दा शाह यही माघ ११ गते जनकपुर जाने कार्यक्रम तय गरिएको छ।

सम्वाद सचिवालयका फणिराज पाठकले बुधबार जारी गरेको सूचना अनुसार पूर्वराजा शाहलाई यसपटक राजाको हैसियत दिइएको छ। यसअघि गत दशैंमा प्रकाशित सन्देशमा शाहले आफूलाई ‘पूर्वराजा’ भनेर उल्लेख गरेका थिए।

सम्बाद सचिवालयका फणिराज पाठकले बुधबार जारी गरेको सूचनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजाकै हैसियत दिइएको छ। जबकि गत दशैंको शुभकामना दिँदा शाहले आफूलाई पूर्वराजा भनेका थिए ।

‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव तथा श्री ५ बडामहारानी कोमल राज्य लक्ष्मी देवी शाह यही माघ १२ गते जनकपुरधाम सवारी होईबक्सी जानकी मन्दिर दर्शन गरिबक्सने कार्यक्रम रहेको छ’, उनले जारी गरेको सन्देशमा भनिएको छ।

यसअघि निर्मल निवासबाट दशैंको अवसरमा जारी गरिएको सन्देशमा भनिएको थियो, ‘पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट २०८२ विजया दशमीको उपलक्ष्यमा बक्सेको शुभकामना !’

त्यसबेला पूर्वराजा शाहले १५ जेठ २०६५ मा नेपालमा राजतन्त्र अन्त्य भएयता पहिलो पटक आफ्नो हैसियत गुमेको स्वीकारेका थिए ।

शाहलाई ‘पूर्वराजा’ भनेर सम्बोधन गर्ने विषयमा राजावादी र राप्रपा नेताहरूले असन्तुष्टि जनाउँदै आएका छन्। उनीहरूले राजा कहिल्यै ‘पूर्व’ हुन नसक्ने तर्क गरेका छन् । तर संवाद सचिवालयका वक्तव्यहरूमा शाहलाई ‘पूर्वराजा’ भनेर उल्लेख गरिएको थियो।

अघिल्ला वर्षका विभिन्न अवसरमा शाहको सम्बोधनमा ‘श्री ५ महाराजधिराज’ र ‘पूर्व श्री ५’ दुवै प्रयोग भइरहेका थिए। तर २०८१ चैत १५ गते दुर्गा प्रसाईं नेतृत्वको राजावादी प्रदर्शन हिंसात्मक बन्दै गएपछि घटनामा पूर्वराजा शाहलाई समेत जिम्मेवार ठहर गर्ने आवाज उठेको थियो।

सुरक्षाकर्मी र प्रहरी अनुसन्धानका क्रममा संवाद सचिवालयका फणिराज पाठकलाई बोलाएर अबदेखि ‘पूर्वराजा’ लेखिने कागज गराइएको थियो । त्यस्तै राजाका रुपमा सम्प्रेषण गरिएका सन्देश पनि हटाउने भनिएको थियो । प्रहरीसँगको त्यही लिखित कागजपछि निर्मल निवासले सार्वजनिक सन्देशमा पूर्वराजा भनेर उल्लेख गर्न थालेको थियो ।

प्रहरीले काठमाडौंको तीनकुने हिंसात्मक प्रदर्शनबारे अनुसन्धान गरिरहँदा २०८२ असार १३ गते सम्वाद सचिवालयबाट ज्ञानेन्द्र शाहलाई ‘श्री ५ महाराजधिराज’ भन्दै ७९ औँ जन्मोत्सव मनाउने भनिएको थियो ।

उक्त विज्ञप्तिमा ‘जनचाहना अनुसार निर्मल निवासमा आयोजना हुने समारोहमा मौसुफबाट शुभकामना तथा अभिवादन ग्रहण गरिबक्सने कार्यक्रम रहेको’ उल्लेख थियो ।

तर त्यसबेला संविधान, कानुन र अरू कानुनलेले नचिन्ने कुरा उल्लेख गरेको भन्दै शाहका सम्वाद सविचालय प्रमुख पाठकलाई जिल्ला प्रहरी परिसर, काठमाडौंमा बोलाएर कागज गराएको थियो ।

संविधानले नै नचिनेको श्री ५ महाराजधिराज भनेर पटकपटक लेखेपछि २७ असारमा सचिवालय प्रमुख पाठकलाई कार्यालयमा बोलाइएको थियो। त्यसक्रममा उनले गल्ती भएको स्वीकारेका थिए ।

तर तीन महिनापछि बुधबार जारी सन्देशमा फेरि ‘राजा’ शब्द प्रयोग हुनुलाई अर्थपूर्ण मानिएको छ। जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिबीच २४ भदौमा उनको सम्वाद सचिवालयबाट जारी विज्ञप्तिमा पनि ज्ञानेन्द्र शाहलाई पूर्व श्री ५ भनी सम्बोधन गरिएको थियो ।

त्यसअघि निर्मल निवासबाट जारी हुने विज्ञप्तिमा ज्ञानेन्द्र शाहलाई ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र विक्रम शाहदेव’ भनेर सम्बोधन गरिन्थ्यो । भारतको पहलगाममा भएको चरमपन्थी आक्रमणलाई निन्दा गर्दै १३ वैशाख २०८२ मा जारी सन्देशमा शाहलाई श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाह देव लेखिएको थियो ।

पूर्वराजा शाहको विज्ञप्तिलाई लिएर नेकपा एमालेका सांसद् ठाकुर गैरेले संसद्मै आपत्ति जनाएका थिए । कानूनी राज्यको उपहास भएको भन्दै उनले संवाद सचिव पाठक र ज्ञानेन्द्र शाहलाई कारबाही गर्नुपर्ने बताएका थिए ।

त्यसपछि प्रहरीले पाठकलाई प्रहरी कार्यालयमा बोलाएको थियो । त्यसबेला प्रहरीले पूर्वराजा लेख्ने गरी लिखित सम्झौता गराएर पाठकलाई छाडेको थियो ।

त्यसभन्दा पहिले संवाद सचिवालयबाट २०७६ सालमा जारी केही विज्ञप्तिमा शाहलाई ‘पूर्वराजा’ भनेर उल्लेख गरिएका थिए । तर, जब राजसंस्थाको पक्षमा आवाज बढेसँसै उनले निर्मल निवासबाट ‘पूर्व’ शब्द हटाएर राजाकै रुपमा विज्ञप्ति निकाल्ने गरेका छन् ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ३ : ३५ बजे

काठमाडौं उपत्यकासहित देशभर वर्षात्, तराई क्षेत्रमा हुरीसहित असिना पानी !

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले शुक्रबार अपराह्नपछि विशेषगरी

देशभर विपद्का ३१ घटना, एक जनाको मृत्यु, ४ जना घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा भएका विभिन्न विपदका घटनामा परी १

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन 

काठमाडौं– प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न निर्वाचनलाई सफल बनाउन महत्त्वपूर्ण

अपाङ्गता भएकालाई घरमै नागरिकता वितरण

बाजुरा– अपाङ्गता भएका नागरिकलाई जिल्ला प्रशासन कार्यालय बाजुराले घरमै पुगेर

‘महिला सहभागिताबारे रास्वपा सचेत छ, चार नेताको छलफललाई अन्य रुपमा नबुझौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी कोषाध्यक्ष लीमा अधिकारीले नयाँ सरकार गठनका