हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह « Khabarhub

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालयले हातहतियार बुझाउन सरोकारवालालाई आग्रह गरेको छ । 

यहाँस्थित जिल्लाका पाँचवटै स्थानीय तहमा व्यक्तिगत सुरक्षा प्रयोजनका लागि प्रशासनसँग अनुमति लिएर राखिएका हातहतियार तथा खरखजना बुझाउन जिल्ला प्रशासनले आग्रह गरेको हो ।

फागुनदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न मुस्ताङ जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार तथा खरखजना यही माघ १५ भित्र जिल्ला प्रहरी कार्यालय तथा नजिकको प्रहरी इकाई समक्ष बुझाउन प्रशासनले सूचित गराएको छ ।
 
निर्वाचन सुरक्षा प्रयोजनार्थ बुझाइएका हातहतियार निर्वाचनका सम्पूर्ण काम सकिएपछि सम्बन्धित धनीलाई फिर्ता गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ७ : २८ बजे

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

लमजुङ– पहिरोले लमजुङ-मनाङ जोड्ने सडक बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ

‘हाइड्रो हब’ बन्दै अन्नपूर्ण : जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का

हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण

दमौली– परम्परागत कृषि प्रणालीको संरक्षण तथा किसानलाई खेतीपातीप्रति थप प्रोत्साहित

मेसीका बुबा जर्ज अस्वस्थ, अफवाहको पछि नलाग्न परिवारको आग्रह

काठमाडौँ – विश्वप्रसिद्ध फुटबलर लियोनेल मेसीका बुबा जर्ज मेसी स्वास्थ्य

अबदेखि म्यानपावरले विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नुपर्ने

काठमाडौं– वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको हक, हित, सुरक्षा