मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु « Khabarhub

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

लु१च ६९८५ नम्बरको बोलेरो जिप गुल्मीको रिडी–खज्र्याङ सडकखण्डअन्तर्गत खोल्टेपानीमा दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा जोगीथुमका अन्दाजी ३० वर्षीय टीकाराम कुमालको रिडी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको स्थानीयले बताएका छन्।

दुर्घटनामा अन्य छ जना घाइते भएका छन्। जिप सडकबाट करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ। मृतकको शव परीक्षणका लागि गुल्मीको तम्घास पठाइएको छ भने दुर्घटनाका कारणबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ७ : ४० बजे

नर्वे पराजित भएपछि रेफ्रीमाथि हालान्डका बुबाको आक्रोश

काठमाडौँ – नर्वेली स्ट्राइकर एर्लिङ हालान्डका बुबा अल्फ–इन्गे हालान्डले इङ्गल्यान्डविरुद्धको

स्विट्जरल्यान्डविरुद्ध अर्जेन्टिनालाई सुरुवाती अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता

यी भूभागमा धेरै ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

स्विट्जरल्यान्डविरुद्ध मेसीको जादू चल्ने आस

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनल खेलमा आज

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक