मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई प्रशिक्षण « Khabarhub

मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई प्रशिक्षण


९ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

सिरहा– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालय सिरहाले मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका लागि एकदिने प्रशिक्षण सञ्चालन गर्ने भएको छ । कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै आजदेखि प्रशिक्षण सुरु हुने जनाएको हो ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख राजन श्रीवास्तवका अनुसार प्रशिक्षण सदरमुकामस्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पस सिरहामा सञ्चालन हुनेछ । प्रशिक्षण बिहान १० बजेदेखि सुरु हुने जनाइएको छ ।

कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्बर १, २, ३ र ४ का मतदान अधिकृतका लागि फरक–फरक मितिमा प्रशिक्षण सञ्चालन गरिनेछ । त्यसैगरी निर्वाचन क्षेत्र नम्बर १ र २ तथा निर्वाचन क्षेत्र नम्बर ३ र ४ का सहायक मतदान अधिकृतका लागि पनि छुट्टाछुट्टै प्रशिक्षण मिति निर्धारण गरिएको छ । प्रशिक्षण १४ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

‘तोकिएको मिति र समयमा सम्बन्धित सबै अधिकारी अनिवार्य रूपमा उपस्थित हुनुपर्नेछ,’ कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । प्रशिक्षणमा मतदान प्रक्रिया, मतपत्र व्यवस्थापन, मतदान केन्द्र सञ्चालन, आचारसंहिता पालना, मतगणना प्रक्रिया तथा आकस्मिक अवस्थाको व्यवस्थापन लगायतका विषयमा जानकारी दिइने जनाइएको छ । यस प्रशिक्षणले निर्वाचन कार्यलाई थप प्रभावकारी, मर्यादित र विश्वसनीय बनाउन सहयोग पुग्ने विश्वास कार्यालयले लिएको छ ।

जिल्ला निर्वाचन कार्यालयले सम्बन्धित सबै मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई समयमै उपस्थित भई प्रशिक्षण सफल बनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  ७ : ०५ बजे

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक

सुक्खा बन्दरगाहका प्रवेशद्वार २४ घण्टै सञ्चालन गर्न निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले वीरगञ्ज सुक्खा बन्दरगाह

जनशक्ति थपेर भूमिहीनलाई लालपुर्जा वितरण गर्छौँ : मन्त्री रावल

नारायणगढ – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

एनपीएल : चितवनसँग हार्‍यो विराटनगर (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो खेलमा चितवन राइनोजले विजयी