आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस « Khabarhub

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस


९ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस हो । ‘बहुभाषिक शिक्षामा युवाको आवाज’ नाराका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदै छ । 

बहुभाषिकता र बहुसांस्कृतिकताको माध्यमबाट विविधतामा एकता र अन्तर्राष्ट्रिय समझदारी प्रवर्द्धन गर्नु यो दिवसको उद्देश्य हो।  

यो दिवस सन् २००० देखि संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) महासभाको आह्वानमा हरेक वर्ष फेब्रुअरी २१ मा मनाइन्छ । सन् १९९९ मा बङ्गलादेशलको पहलमा युनेस्कोले मातृभाषा दिवस मनाउने प्रस्ताव अघि सारेको हो । 

यो प्रस्तावलाई राष्ट्रसङ्घीय महासभाले सन् २००८ अनुमोदन गर्दै यसलाई अन्तराष्ट्रिय भाषा वर्ष घोषणा गरेको थियो । यसैबीच, अन्तर्राष्ट्रिय भाषा दिवसका अवसरमा यहाँस्थित बङ्गलादेशको राजदूतावासले  सहिद स्मृति दिवसका साथ एक कार्यक्रम आयोजना गर्ने जनाएको छ । 

शुक्रबार यसै अवसरमा भाषा आयोगले उद्योग, वाणिज्य तथा आपूर्ति एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाको उपस्थितिमा एक कार्यक्रम आयोजना गरेको थियो । त्यस अवसरमा उक्त मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाका साथै  नेपालका लागि बङ्गलादेशका राजदूत शफीकुर रहमान उपस्थित थिए।

युनेस्कोका अनुसार भाषाका माध्यमबाट विकासमा, सांस्कृतिक विविधता र अन्तरसांस्कृतिक संवाद सुनिश्चित गर्न, सहकार्य सुदृढ बनाउन र सबैका लागि गुणस्तरीय शिक्षा हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह भएको छ ।
 

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  १२ : १९ बजे

मौरिसस पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु

मोदीको बाढीले सडक बगाएपछि बिरेठाँटी-घान्द्रुक सम्पर्कविच्छेद

कास्की – गए रातिको अविरल वर्षापछि मोदी खोलाको बाढीले कास्कीको

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने पक्राउ

वीरगन्ज – प्रहरीले अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने कार्यमा

एसिसी प्रिमियर कपको ट्रफी जित्ने नेपालको लक्ष्य, भारतमा प्रशिक्षण गरेपछि मलेसिया जाने

काठमाडौं – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा सहभागिता जनाउने नेपाली

चितवनमा ग्यास वितरण सहज बनाउन चार उद्योगद्वारा एकै ठाउँबाट बिक्री

चितवन – खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले