सप्तरीमा एमालेको झण्डा जलाएको घटनामा म्यादी प्रहरी पक्राउ  « Khabarhub

सप्तरीमा एमालेको झण्डा जलाएको घटनामा म्यादी प्रहरी पक्राउ 


९ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरी निर्वाचन क्षेत्र नम्बर-२ अन्तर्गत रहेका महदेवा गाउँपालिका-५ भगवतपुर चोकस्थित नेकपा एमालेको झण्डा जलाएको आरोपमा एकजना पक्राउ परेका छन्।

चुनावी प्रचारप्रसारका लागि डोरीमा बाँधेर झुण्ड्याइएको झण्डा निकालेर आगजनी गरेको आरोपमा एकजना म्यादी प्रहरी पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा महादेव गाउँपालिका-५ कै २५ वर्षीय  हरिनारायण मण्डल रहेका छन् । मण्डल निर्वाचन प्रहरीमा कार्यरत रहेको खुलेको छ।

जिल्ला प्रहरी सप्तरीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी (डीएसपी) डम्बरबहादुर पुरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  १ : ०८ बजे

ड्रागनफ्रुट खेतीबाट २५ लाख कमाउने ७२ वर्षीय मानबहादुर को अपेक्षा

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–६ का मानबहादुर तामाङ उमेरले ७२ वर्ष

१४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई मात्र १५औँ महाधिवेशन गराउने अधिकार छ : निधि

काठमाडौं- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी

ग्यास अभावमा आत्तिनुपर्ने अवस्था छैन : मन्त्रालय

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ग्यासको मागमा चाप बढेर

पार्टीलाई एकजुट बनाउन लचिलो बनौँ : गच्छदार

काठमाडौं- नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पार्टीमा देखिएको आन्तरिक विभाजन