सप्तरीमा एमालेको झण्डा जलाएको घटनामा म्यादी प्रहरी पक्राउ  « Khabarhub

सप्तरीमा एमालेको झण्डा जलाएको घटनामा म्यादी प्रहरी पक्राउ 


९ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरी निर्वाचन क्षेत्र नम्बर-२ अन्तर्गत रहेका महदेवा गाउँपालिका-५ भगवतपुर चोकस्थित नेकपा एमालेको झण्डा जलाएको आरोपमा एकजना पक्राउ परेका छन्।

चुनावी प्रचारप्रसारका लागि डोरीमा बाँधेर झुण्ड्याइएको झण्डा निकालेर आगजनी गरेको आरोपमा एकजना म्यादी प्रहरी पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा महादेव गाउँपालिका-५ कै २५ वर्षीय  हरिनारायण मण्डल रहेका छन् । मण्डल निर्वाचन प्रहरीमा कार्यरत रहेको खुलेको छ।

जिल्ला प्रहरी सप्तरीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी (डीएसपी) डम्बरबहादुर पुरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  १ : ०८ बजे

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक

सुक्खा बन्दरगाहका प्रवेशद्वार २४ घण्टै सञ्चालन गर्न निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले वीरगञ्ज सुक्खा बन्दरगाह

जनशक्ति थपेर भूमिहीनलाई लालपुर्जा वितरण गर्छौँ : मन्त्री रावल

नारायणगढ – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

एनपीएल : चितवनसँग हार्‍यो विराटनगर (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो खेलमा चितवन राइनोजले विजयी