चुनावी घोषणापत्रका नाममा जनतालाई झुक्याइएको छ : घनश्याम भुसाल « Khabarhub

चुनावी घोषणापत्रका नाममा जनतालाई झुक्याइएको छ : घनश्याम भुसाल


९ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बुटवल– नेकपा (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले राजनीतिक दलहरूले चुनावी घोषणापत्रमार्फत जनतालाई भ्रममा पार्ने काम गर्दै आएको आरोप लगाएका छन्।

शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राजनीतिक दलहरू सत्तामा पुग्ने उद्देश्यले अव्यावहारिक र असम्भव वाचा गर्दै आएको बताए। 

विगतमा रेल, भ्यूटावर र पानीजहाजजस्ता विषय अघि सारेर जनतालाई ढाँटिएको उल्लेख गर्दै उनले यसपटक आगामी पाँच वर्षभित्र १७-१८ प्रतिशत आर्थिक वृद्धि गर्ने प्रतिबद्धता पनि यथार्थभन्दा टाढा रहेको दाबी गरे।

अघिल्ला वाचाबारे गम्भीर प्रश्न नउठाइएकै कारण उस्तै प्रवृत्ति दोहोरिएको उनको भनाइ थियो। नयाँ प्रतिबद्धता गर्नेभन्दा विगत ४० वर्षदेखि अपनाइएको विकासको बाटोबारे पुनर्विचार गर्न आवश्यक रहेको उनले जोड दिए।

भुसालले आसन्न निर्वाचन नेपाली जनताले चाहेर नभई संवैधानिक र लोकतान्त्रिक प्रक्रियाको असाधारण परिस्थितिका कारण अपरिहार्य बनेको तर्क गरे। 

राजनीतिक दलहरूको कमजोरी र नालायकीपनमाथि गम्भीर समीक्षा गर्दै राष्ट्रिय संकल्प गर्नुपर्ने बेला निर्वाचनमा केन्द्रित हुँदा मूल समस्या ओझेलमा परेको उनको भनाइ छ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  ६ : ०५ बजे

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक

सुक्खा बन्दरगाहका प्रवेशद्वार २४ घण्टै सञ्चालन गर्न निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले वीरगञ्ज सुक्खा बन्दरगाह

जनशक्ति थपेर भूमिहीनलाई लालपुर्जा वितरण गर्छौँ : मन्त्री रावल

नारायणगढ – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

एनपीएल : चितवनसँग हार्‍यो विराटनगर (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो खेलमा चितवन राइनोजले विजयी