एआई शिखर सम्मेलन निष्कर्षविहीन « Khabarhub

एआई शिखर सम्मेलन निष्कर्षविहीन


९ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाँच दिनसम्म विश्वका नेताहरू, प्रविधि कम्पनीका प्रमुख र नीति निर्माता भेला भएको ग्लोबल एआई शिखर सम्मेलन औपचारिक अन्तिम घोषणाबिना टुङ्गिएको छ । 

आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) को अवसर र जोखिमबारे साझा दृष्टिकोण तय गर्ने उद्देश्य राखिएको सम्मेलनको संयुक्त वक्तव्य शनिबार दिउँसोसम्म सार्वजनिक भएको थिएन, जबकि त्यसको अपेक्षा एक दिनअघि गरिएको थियो ।

फ्रान्स, ब्राजिल लगायतका देशका नेतासहित दर्जनौँ राष्ट्रिय प्रतिनिधिमण्डलहरू भारतको राजधानी नयाँदिल्लीमा द्रुत रूपमा विकसित भइरहेको जेनेरेटिभ एआई प्रविधिको प्रभावबारे छलफल गर्न भेला भएका थिए । यो विकासोन्मुख राष्ट्रद्वारा आयोजना गरिएको पहिलो वार्षिक बैठक हो र एआई प्रभावसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका रूपमा आयोजना गरिएको थियो ।

भारतका सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले शुक्रबार ‘घोषणामा ठूलो सहमति’ भएको बताउनुभएको थियो, तर विवरण खुलाउन अस्वीकार गर्नुभएको थियो । उनका अनुसार ७० भन्दा बढी हस्ताक्षरकर्ताले समर्थन जनाइसकेका छन् र यो सङ्ख्या ८० नाघ्ने अपेक्षा गरिएको छ । 

‘हामी यो सङ्ख्या अधिकतम बनाउन प्रयासरत छौँ’ सम्मेलन समापनका क्रममा उनले बताएका थिए । शनिबारसम्म आयोजक र मन्त्रालयबाट औपचारिक टिप्पणी प्राप्त भएको थिएन ।

सम्मेलनमा बहुभाषी एआई अनुवादका सामाजिक लाभ, रोजगारीमा पर्ने सम्भावित असर, डाटा सेन्टरहरूको उच्च ऊर्जा खपत र नियमनको दायरा जस्ता विषयहरू प्रमुख बहसमा रहे । यद्यपि विश्लेषकहरूले सम्मेलनको व्यापक र खुला एजेन्डाले ठोस र बाध्यकारी प्रतिबद्धता निकाल्न कठिन बनाएको टिप्पणी गरेका छन् । यसअघि फ्रान्स, दक्षिण कोरिया र बेलायतमा आयोजित संस्करणहरूमा पनि अस्पष्ट प्रतिज्ञा मात्र गरिएको स्मरण गराइएको छ ।

गत वर्षको एआई शिखर सम्मेलनमा संयुक्त वक्तव्यमा हस्ताक्षर नगरेको संयुक्त राज्य अमेरिकाले यसपटक भारतसँग अलग द्विपक्षीय घोषणापत्र जारी गरेको छ । उक्त घोषणापत्रमा दुवै देश ‘उद्यमशीलता र नवप्रवर्तनलाई अनुकूल हुने एआईसम्बन्धी विश्वव्यापी दृष्टिकोण’ अघि बढाउन सहमत भएको उल्लेख गरिएको छ ।

यसैबीच, ह्वाइट हाउसका प्रविधि सल्लाहकार तथा अमेरिकी प्रतिनिधिमण्डलका प्रमुख माइकल क्रेटसिओसले जेनेरेटिभ एआईमाथि केन्द्रीयकृत विश्वव्यापी नियन्त्रणको अवधारणाविरुद्ध चेतावनी दिए । उनले ट्रम्प प्रशासनले एआईको विश्वव्यापी शासन संरचनालाई अस्वीकार गर्ने नीति दोहोर्‍याएको बताए ।

केही सहभागीहरूले सम्मेलन स्थलमा प्रवेश–निकास व्यवस्थापन कमजोर रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । यद्यपि दशौँ हजार सहभागीको उपस्थितिसहित सम्पन्न सम्मेलनले एआईको भविष्यबारे बहसलाई अझ व्यापक बनाएको विश्लेषकहरूको भनाइ छ ।

 तर साझा घोषणापत्रबिना टुङ्गिएको यो सम्मेलनले विश्वव्यापी सहमतिको मार्ग अझै जटिल रहेको संकेत दिएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  ७ : २८ बजे

भानु चुँदीरम्घालाई भाषा र साहित्यको गन्तव्यस्थल बनाउनुपर्छ : राष्ट्रपति

दमौली– राष्ट्रपति रामचन्द्र पौडेलले भानु चुँदीरम्घालाई भाषा र साहित्यको त्रिवेणीका

विद्यार्थी सङ्गठन खारेजीविरुद्ध सडकमा विद्यार्थी स्वस्ति शान्ति (तस्बिरहरू)

काठमाडौं– संयुक्त विद्यार्थी सङ्गठनले आज पाटन संयुक्त क्याम्पसमा शङ्खघोष र

झन् गिजोलियो दिनेशको आर्थिक लेनदेन, ‘अपुष्ट लिस्ट’को भरमा सेलिब्रेटीको उछितो

काठमाडौं – मिडिया सञ्चालक तथा फिल्म मिडियाको-ओर्डिनेटर स्वर्गीय दिनेश सिटौलाको

खोप लगाउन छुटेका बालबालिकाको लागि ‘खोज र खोप’ अभियान

काठमाडौं– सरकारले वैशाख महिनाभर खोप लगाउन छुटेका बालबालिकालाई ‘खोज र

सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुहुँदैन : महामन्त्री पौडेल

पाटन– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ठूलो जनमतसहित गठन भएको