विद्यार्थी संगठन खारेजीविरूद्ध उभिए पूर्णबहादुर « Khabarhub

विद्यार्थी संगठन खारेजीविरूद्ध उभिए पूर्णबहादुर


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विद्यार्थी संघ–संगठन तथा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गर्ने सरकारी निर्णयप्रति गम्भीर आपत्ति जनाएका छन् । वक्तव्य जारी गर्दै उनले यस्तो निर्णय लोकतान्त्रिक मूल्य–मान्यताविरुद्ध र अधिनायकवादी कदम भएको बताएका छन् ।

खड्काले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना र लोकतन्त्र सुदृढीकरणमा विद्यार्थी आन्दोलनको ऐतिहासिक भूमिका रहेको उल्लेख गर्दै विद्यार्थी संगठनहरू लोकतन्त्रको मेरुदण्डका रूपमा रहेको बताएका छन् । उनले निर्दलीय पञ्चायती व्यवस्थाको समयमा विद्यार्थी संगठनहरूले लोकतन्त्रको मशाल जलाइराख्न महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे । उनले २०३६/०३७ सालको विद्यार्थी आन्दोलन, २०४६ सालको जनआन्दोलन र २०६२/६३ को ऐतिहासिक जनआन्दोलनमा विद्यार्थीहरूको योगदान निर्णायक रहेको बताएका छन् ।

ती आन्दोलनहरूकै बलिदानबाट आजको संघीय लोकतान्त्रिक व्यवस्था स्थापित भएको उनले बताएका छन् । खड्काले अहिलेको सरकारले लोकतन्त्रको ‘नर्सरी’ मानिने विद्यार्थी संघ–संगठन तथा स्ववियुको अस्तित्वमाथि प्रहार गर्ने निर्णय गर्नु विरोधाभासपूर्ण भएको बताए । उनले यस्तो निर्णयले भविष्यको नेतृत्व विकासलाई नै अवरुद्ध गर्ने चेतावनी दिए । उनले विद्यार्थी संगठनहरू केवल राजनीतिक आस्थामा आधारित संस्था मात्र नभई शैक्षिक क्षेत्रका विकृति र विसंगतिविरुद्ध आवाज उठाउने वैधानिक संरचना भएको बताए । स्ववियुमार्फत् विद्यार्थीहरूले नीति निर्माणमा सहभागी हुने र नेतृत्व विकास गर्ने अवसर पाउने उनले उल्लेख गरेका छन् ।

खड्काले संगठनभित्र देखिएका कमजोरीलाई सुधार गर्नुपर्ने भए संवादमार्फत संस्थागत सुधार गर्नुपर्नेमा जोड दिए । सुधारका नाममा संस्था नै खारेज गर्नु संविधानले दिएको संगठित हुन पाउने मौलिक अधिकारको उल्लंघन भएको उनले बताए।

सरकारले तत्काल यस्तो निर्णय फिर्ता लिनुपर्ने माग गर्दै खड्काले अन्यथा विद्यार्थीहरू पुनः आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन्। ‘इतिहासको सम्मान र लोकतन्त्रको रक्षाका लागि विद्यार्थी शक्ति पुनः सडकमा उत्रिन बाध्य भए त्यसको जिम्मेवारी सरकार स्वयंले लिनुपर्नेछ,’ वक्तव्यमा भनिएको छ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ६ : ५४ बजे

नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं – नेपाल विद्यार्थी संघले गृहमन्त्री सुधन गुरुङको विषयलाई लिएर

ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु, रथ तानेर गाबल पुर्‍याइयो

ललितपुर – ललितपुरमा ऐतिहासिक रूपमा मनाइँदै आएको रातो मच्छिन्द्रनाथ जात्रा

युवाले रोजगारी खोज्ने होइन, सिर्जना गर्ने हो : मन्त्री पोखरेल

मोरङ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले अब युवा

प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीकाे खुलापत्र : केराका बिचौलियालाई कारबाही गर्नुहोस्, किसानको पसिनाको मूल्य दिनुहोस्

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र

अर्थमन्त्री डा वाग्लेसँग अमेरिकाका सहायक विदेश कुपरले भेट

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग संयुक्त राज्य अमेरिकाका सहायक