राष्ट्रिय जुनियर टेनिसमा दर्शिल र सारालाई स्वर्ण पदक « Khabarhub

राष्ट्रिय जुनियर टेनिसमा दर्शिल र सारालाई स्वर्ण पदक


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता आज सम्पन्न भएको छ । कास्की जिल्ला टेनिस सङ्घले आयोजना गरेको प्रतियोगिता पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा यही वैशाख ५ गतेदेखि सञ्चालन भएको हो ।

प्रतियोगितामा १८ वर्षमुनिको ‘ब्वाइज सिंगल्स’ तर्फ दर्शिल श्रेष्ठले स्वर्ण पदक जितेका छन् । यसैगरी, ‘गल्र्स सिंगल्स’तर्फ सारा पन्तले १२ र १४ वर्षमुनि गरी दुवै विधामा स्वर्ण जित्न सफल भइन् ।

दर्शिलले फाइनलमा शाश्वत बज्राचार्यलाई ६–४, ६–३ को सोझो सेटमा पराजित गरी च्याम्पियन बनेका हुन् । यू–१६ ‘ब्वाइज’तर्फ सन्दीप विकले स्पन्दन उदासलाई ६–२, ३–६, ६–१ ले फाइनलमा पराजित गरी स्वर्ण पदक जिते भने सन्दीपले रजत पदक हात पारे । यू–१६ गल्र्सतर्फ श्वरा थापाले स्वर्ण जितिनन् भने ऐरा खत्री रजत पदकमा सीमित भइन् । श्वराले फाइनलमा ऐरालाई ४–६, ६–२, ६–१ को सङ्घर्षपूर्ण जित निकालिन् । यू–१२ गल्र्सतर्फ सारा पन्तले फाइनलमा नाइरा घलेलाई ६–२, ६–१ ले हराइन् ।

यसैगरी, यू–१४ तर्फ साराले श्वरा थापालाई ६–४, ६–१ को सहज जित निकाल्दै दुवै विधामा स्वर्ण पदक जित्दा श्वाराले रजत पदक हात पारिन् । यू–१२ ब्वाइजतर्फको फाइनलमा वेदान्त चालिसेले अरित मल्ललाई पराजित गरी स्वर्ण पदक जिते । वेदान्तले अरितलाई फाइनलमा ३–६, ७–६ र ६–२ ले पराजित गरेका थिए ।

यसैगरी, यू–१० ब्वाइजतर्फ कायान चालिसेले फाइनलमा सोनाम घलेलाई ६–२, ६–४ को सोझो सेटमा पराजित गरी स्वर्ण पदक जित्दा यू–१४ तर्फ आरित मल्लले वेदान्त चासिलेलाई फाइनलमा ६–४, ६–१ ले पराजित गरी स्वर्ण पदक जिते भने आरितले रजत पदक हात पारे ।

प्रतियोगितामा विजेता खेलाडीहरूलाई प्रतियोगिताका मुख्य प्रायोजक कुमारश्री मोहनबहादुर शाही, उनका नाति भिग्नजित शाही, नेपाल टेनिसका उपाध्यक्ष विनोद कायस्थ, केन्द्रीय सदस्य विष्णुबहादुर थापा, प्रतियोगिताका संयोजक लोकबहादुर गुरुङलगायतले पदक र प्रमाणपत्र पुरस्कार वितरण गर्नुभयो । प्रतियोगितामा कास्कीका १५ जना खेलाडीसहित देशका अन्य जिल्लाबाट गरी ९० खेलाडीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  १० : १५ बजे

रोनाल्डो भन्छन् : विश्वकपमा मेस्सीसँगको भिडन्त साँच्चिकै अद्भुत हुनेछ

काठमाडौं- ह्युस्टनमा मंगलबार उज्बेकिस्तानमाथि ५–० को शानदार जित निकालेपछि पोर्चुगिज

इरानी विदेशमन्त्री र हमास अधिकारीबीच भेटवार्ता

तेहरान– इरानका विदेश मन्त्री अब्बास अराघचीले प्यालेस्टिनी लडाकु समूह हमासका

जीडब्लुएम ओरा ५ ईभी नेपालमा सार्वजनिक, एक पटकको चार्जमा ५२० किमीसम्म चल्ने

काठमाडौं– ग्रेट वाल मोटर (जीडब्लुएम) अन्तर्गतको प्रिमियम विद्युतीय एसयूभी ओरा ५

जलाएको १० महिनापछि उभियो चुच्चेपाटीको भाटभटेनी (तस्बिरहरू)

काठमाडौं– चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केट पूर्ण रूपमा पुनर्निर्माण सम्पन्न भई आजदेखि

होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र

एजेन्सी– स्ट्रेट अफ होर्मुज जलमार्ग बन्द हुँदा एक हजार २००