संसद्‍मा रास्वपा सांसद अधिकारीको प्रश्न : उत्पादनको मूल्य नपाएका किसानले छोराछोरीको स्कुल फि कसरी तिर्छन् ?  « Khabarhub

संसद्‍मा रास्वपा सांसद अधिकारीको प्रश्न : उत्पादनको मूल्य नपाएका किसानले छोराछोरीको स्कुल फि कसरी तिर्छन् ? 


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लीमा अधिकारी आचार्यले किसानलाई कृषिजन्य उत्पादनको मूल्य तत्काल उपलब्ध गराउने व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् । 

बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै अधिकारीले किसानलाई १५ दिनभित्र आफ्नो उपजको मूल्य पाउने कानूनी प्रबन्ध गर्न माग गरिन् । ‘म सरकारसँग माग गर्दछु, किसानको भुक्तानी १५ दिनभित्र अनिवार्य फस्र्यौैट गर्ने कानूनी ग्यारेन्टी गरियोस्’, उनले भनिन् । 

किसानले दूध, उखु, धान, लगायत उत्पादनको मूल्य नपाउँदा युवाहरू रोजगारीका लागि खाडी मुलुक जान बाध्य रहेको उनको भनाइ थियो  ।

‘मकवानपुरका दूध उत्पादक किसानको  १४ करोडभन्दा बढीको भुक्तानी बाँकी छ । यो एउटा जिल्लाको मात्र होइन, सभामुख महोदय देशभरका उखु, दूध, धानलगायतका धेरै उत्पादक किसानहरुको साझा नियति हो’, अधिकारीले भनिन्, ‘जब एउटा किसानले आफ्नो पसिनाको मूल्य महिनौँ/वर्षौँ कुर्नुपर्छ । उसले गाई–भैँसीको दाना र छोराछोरीको स्कुलको फी कसरी समयमा तिर्छ ? त्यसैकारण आज ऊर्जावान् युवाहरू  आफ्नो उर्वर भूमिलाई बाँझो छोडेर खाडीको मरुभूमिमा जान बाध्य छन् । किसानको खल्ती रित्तो बनाएर  देशमा समृद्धि कदापि ल्याउन सकिँदैन ।’

 मुलुकमा खाद्यान्न मात्र नभई, खाद्य आत्मनिर्भरता चाहिएकोमा उनले जोड दिइन् ।
 

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  १२ : ५६ बजे

मकै भित्र्याउन व्यस्त छन् जुम्लाका किसान

काठमाडौं– जुम्लाको पातारासी गाउँपालिका लासीका किसान यतिबेला मकै भित्र्याउन व्यस्त

वसन्तपुरमा निकालियो लाखे, पुलुकुसी, हल्चोक आकाश भैरवको नाच (तस्बिरहरू)

काठमाडौं- इन्द्रजात्राको अवसरमा काठमाडौँको वसन्तपुरमा लाखे नाच, पुलुकिसी नाच र हल्चोक

इन्डोनेसियामा जहाज डुब्दा २० जनाको मृत्यु, ११५ बेपत्ता

जकार्ता– इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक जहाज डुब्दा मृत्यु हुनेको सङ्ख्या

बीपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

काठमाडौं– सरकारले भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन

कांग्रेसले ५१२ पालिकामा सक्यो अधिवेशन, २४१ पालिकामा शुक्रबार र शनिबार हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत बुधबार देशभरका पालिकामा अधिवेशन