संसद्‍मा रास्वपा सांसद अधिकारीको प्रश्न : उत्पादनको मूल्य नपाएका किसानले छोराछोरीको स्कुल फि कसरी तिर्छन् ?  « Khabarhub

संसद्‍मा रास्वपा सांसद अधिकारीको प्रश्न : उत्पादनको मूल्य नपाएका किसानले छोराछोरीको स्कुल फि कसरी तिर्छन् ? 


७ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लीमा अधिकारी आचार्यले किसानलाई कृषिजन्य उत्पादनको मूल्य तत्काल उपलब्ध गराउने व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् । 

बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै अधिकारीले किसानलाई १५ दिनभित्र आफ्नो उपजको मूल्य पाउने कानूनी प्रबन्ध गर्न माग गरिन् । ‘म सरकारसँग माग गर्दछु, किसानको भुक्तानी १५ दिनभित्र अनिवार्य फस्र्यौैट गर्ने कानूनी ग्यारेन्टी गरियोस्’, उनले भनिन् । 

किसानले दूध, उखु, धान, लगायत उत्पादनको मूल्य नपाउँदा युवाहरू रोजगारीका लागि खाडी मुलुक जान बाध्य रहेको उनको भनाइ थियो  ।

‘मकवानपुरका दूध उत्पादक किसानको  १४ करोडभन्दा बढीको भुक्तानी बाँकी छ । यो एउटा जिल्लाको मात्र होइन, सभामुख महोदय देशभरका उखु, दूध, धानलगायतका धेरै उत्पादक किसानहरुको साझा नियति हो’, अधिकारीले भनिन्, ‘जब एउटा किसानले आफ्नो पसिनाको मूल्य महिनौँ/वर्षौँ कुर्नुपर्छ । उसले गाई–भैँसीको दाना र छोराछोरीको स्कुलको फी कसरी समयमा तिर्छ ? त्यसैकारण आज ऊर्जावान् युवाहरू  आफ्नो उर्वर भूमिलाई बाँझो छोडेर खाडीको मरुभूमिमा जान बाध्य छन् । किसानको खल्ती रित्तो बनाएर  देशमा समृद्धि कदापि ल्याउन सकिँदैन ।’

 मुलुकमा खाद्यान्न मात्र नभई, खाद्य आत्मनिर्भरता चाहिएकोमा उनले जोड दिइन् ।
 

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार  १२ : ५६ बजे

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक

सुक्खा बन्दरगाहका प्रवेशद्वार २४ घण्टै सञ्चालन गर्न निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले वीरगञ्ज सुक्खा बन्दरगाह

जनशक्ति थपेर भूमिहीनलाई लालपुर्जा वितरण गर्छौँ : मन्त्री रावल

नारायणगढ – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

एनपीएल : चितवनसँग हार्‍यो विराटनगर (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो खेलमा चितवन राइनोजले विजयी