सी चिनफिङसँग ट्रम्प र पुटिनको एकपछि अर्को भेट : के भयो, अब के होला ? « Khabarhub

सी चिनफिङसँग ट्रम्प र पुटिनको एकपछि अर्को भेट : के भयो, अब के होला ?


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङले साताबीचमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई बेइजिङमा छुट्टाछुट्टै भेटेका छन् ।

दुई ठूला शक्तिका राष्ट्रप्रमुखको यो निरन्तर भ्रमणले अन्तर्राष्ट्रिय राजनीतिमा ठूलो चर्चा पाइरहेको छ । आफूलाई विश्व महाशक्तिको बाटोमा उभ्याइरहेको चीनले दुई शक्तिशाली नेतालाई बेइजिङ बोलाएर लामो संवाद गर्‍यो ।

परिस्थिति कस्तो छ भने अमेरिका करिब अढाई महिनादेखि इरानसँगको युद्धमा नराम्रोसँग फसेको छ । उता रसिया चार वर्षदेखि युक्रेनसँगको युद्धमा अल्झिएको छ।

सायउथ चाइना मर्निङ पोस्टका अनुसार ट्रम्पको भ्रमणपछि तुरुन्तै पुटिनको भ्रमणले चीन–रुसबीचको रणनीतिक साझेदारी थप बलियो भएको देखाएको छ ।

सीको व्यस्तता

ट्रम्पको भ्रमण

ट्रम्पले आफ्नो चीन भ्रमणलाई ‘फेन्टास्टिक र ऐतिहासिक’ भनेका छन् । बेइजिङमा उनको भव्य स्वागत भए पनि ठोस उपलब्धि भने नदेखिएको अमेरिकी विश्लेषकहरूकै मूल्यांकन छ । ट्रम्पले बोइङ जहाज र तेल सम्बन्धी केही व्यापार सम्झौता भएको दाबी गरेका छन् ।

तर यी दुई देशबीच संयुक्त वक्तव्य जारी हुन सकेन। अमेरिकाले चीनलाई इरानलाई सघाउनबाट रोक्ने अनुमान थियो । तर त्यसमा पनि सहमति जुटेन । बरू ट्रम्पले ताइवानलाई स्वतन्त्रताको कल्पना नगर्न चेतावनी दिए ।

पुटिनको भ्रमण

ट्रम्पको भ्रमणको केही दिनपछि पुटिन बेइजिङ पुगे । उनको भ्रमणमा ऊर्जा सहकार्य, व्यापार र रणनीतिक साझेदारीमा ठोस सम्झौताहरू भएका छन् । चीन र रुसले आफ्नो सामरिक गठबन्धनलाई थप गहिरो बनाउने प्रतिबद्धता जनाएका छन् । उनीहरूले संयुक्त वक्तव्यसमेत निकालेका छन् ।

सीको सन्देश

ट्रम्पसँगको रात्रि भोजमा राष्ट्रपति सी चिनफिङले दुई देश ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ हुनुपर्ने बताए । पुटिनसँगको भेटमा भने ऊर्जा, व्यापार र प्रविधिमा सहकार्यमा जोड दिइएको थियो ।

आगामी योजना

चिनियाँ राष्ट्रपतिले यस वर्षको शरद ऋतुमा अमेरिका भ्रमण गर्ने भएका छन् । यो एक दशकभन्दा बढी समयपछि हुने पहिलो अमेरिका भ्रमण हुनेछ ।

ट्रम्प र पुटिनको भ्रमणले चीन, रुस र अमेरिकाबीच ‘ट्राईलेटरल को-अर्डिनेसन’ (त्रिपक्षीय समन्वय) को सम्भावना बढाएको चर्चा छ ।

विश्लेषकहरूका अनुसार, ट्रम्पलाई चीनले ‘फेस’ (प्रतिष्ठा) दिएको थियो भने पुटिनलाई बोलाएर ‘सब्स्टान्स’ (ठोस सम्झौता) गरिएको छ। चीनले दुवै शक्तिसँग सन्तुलित कूटनीति अपनाएर आफ्नो प्रभाव कायम राख्न खोजेको देखिन्छ ।

यो ब्याक–टु–ब्याक शिखर वार्ताले विश्व शक्ति सन्तुलन, व्यापार युद्ध, ऊर्जा सुरक्षा र इन्डो प्यासिफिक क्षेत्रको भविष्यमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  ४ : १० बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी