भाजपा र कांग्रेसलाई पछि पार्दै सामाजिक सञ्जालमा ककरोच जनता पार्टीको कीर्तिमान « Khabarhub

भाजपा र कांग्रेसलाई पछि पार्दै सामाजिक सञ्जालमा ककरोच जनता पार्टीको कीर्तिमान


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘ककरोच जनता पार्टी’ नामक अकाउन्ट कीर्तिमानी गतिमा भाइरल भइरहेको छ । पाँच दिनभन्दा कम अवधिमा यस अकाउन्टलाई इन्स्टाग्राममा १ करोड ५० लाखभन्दा बढी मानिसहरूले फलो गरेका छन् । यससँगै ककरोच जनता पार्टीले भारतका दुई ठुला राजनीतिक दलहरू भारतीय जनता पार्टी (भाजपा) र भारतीय राष्ट्रिय कांग्रेसको आधिकारिक इन्स्टाग्राम ह्यान्डललाई समेत सामाजिक सञ्जालमा पछाडि पारिदिएको छ ।

यसैबीच, ककरोच जनता पार्टीको एक्स अकाउन्ट भने भारतमा ब्लक गरिएको छ । यस अकाउन्टका संस्थापकले इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै स्क्रिनसटसहित आफ्नो पार्टीको एक्स ह्यान्डल भारतमा प्रतिबन्धित (विथहेल्ड) गरिएको जानकारी दिएका हुन् । यद्यपि, यो अकाउन्ट अन्य देशहरूमा भने अझै पनि सञ्चालनमा रहेको छ । संस्थापकले आफ्नो अकाउन्ट पहिले ह्याक गर्ने प्रयास गरिएको र अहिले आएर बिनाकुनै गल्ती प्रतिबन्ध लगाइएको जनाएका छन् ।

सुरुवातमा मिम प्लेटफर्मको रूपमा सुरु भएको यस अकाउन्ट छोटो समयमै युवाहरूमाझ नयाँ ट्रेन्ड बन्न सफल भएको हो । यसका पोस्टहरूमा राजनीतिक व्यङ्ग्य , प्रशासनिक व्यवस्थामाथिको कटाक्ष र भाइरल मिम पोस्ट भएको पाइन्छ । सामाजिक सञ्जाल विशेषज्ञहरूका अनुसार यस अकाउन्टको लोकप्रियताको पछाडि इन्स्टाग्रामको एल्गोरिदम, सही समय र उत्कृष्ट कन्टेन्टको ठुलो भूमिका छ ।

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  ५ : ०२ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी