एमालेले बल्खुमै कार्यालय बनाउने, कलंकीको जग्गा मीनबहादुरलाई नै फिर्ता गर्ने « Khabarhub

एमालेले बल्खुमै कार्यालय बनाउने, कलंकीको जग्गा मीनबहादुरलाई नै फिर्ता गर्ने


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमाले ले पार्टीको केन्द्रीय कार्यालय मदननगर बल्खुकै पुरानो स्थानमा निर्माण गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले सोमबार गुण्डुमा बसेको सचिवालय बैठकमा प्रस्तुत गरेको प्रस्ताव अनुसार बल्खुस्थित आफ्नै जमिनमा नयाँ केन्द्रीय कार्यालय भवन निर्माण गरिने भएको हो ।

२०७२ सालको विनाशकारी भूकम्पले मदननगर बल्खुस्थित एमालेको केन्द्रीय कार्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएपछि पार्टी कार्यालय विभिन्न स्थानबाट सञ्चालन हुँदै आएको थियो । पछिल्लो समय तुल्सीलाल स्मृति भवनको मर्मत तथा विस्तार गरी अस्थायी रूपमा कार्यालय सञ्चालन गर्ने सहमति गरिएको थियो ।

तर गत भदौ २४ गते आगजनी भएपछि प्रतिष्ठानको अनुरोधमा उक्त भवन पुनःनिर्माण गरिएको एमालेले जनाएको छ । एमालेले नयाँ सरकार गठनपछि भोगाधिकार प्राप्त संस्थाहरूको जमिन लिज नवीकरण नगरेको भन्दै सम्पत्ति फिर्ता गर्ने नीतिगत निर्णय गरिएकाले नयाँ कार्यालय भवनको आवश्यकता झन् बढेको उल्लेख गरेको छ ।

यसैबीच, गत वर्ष कलंकीमा शिलान्यास गरिएको स्थानमा तत्काल कार्यालय भवन निर्माण सम्भव नरहेको निष्कर्ष पनि एमालेले निकालेको छ। प्रस्तावमा सर्वोच्च अदालतको नदी किनार नजिकको जमिन प्रयोगसम्बन्धी फैसलापछि बल्खुस्थित जमिनमा कार्यालय भवन निर्माण गर्न सकिने प्राविधिक प्रतिवेदन प्राप्त भएको उल्लेख गरिएको छ ।

एमालेले नयाँ भवन निर्माण नहुँदासम्मका लागि भाडामा कार्यालय सञ्चालन गर्ने र कलंकीमा भवन निर्माणका लागि दानस्वरूप प्राप्त जग्गा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ दम्पतीलाई धन्यवादसहित फिर्ता गर्ने निर्णयसमेत गरेको छ ।

उक्त जग्गा विवादको कारण भदौ २४ मा मीनबहादुर सञ्चालक रहेको भाटभटेनी सुपरमार्केटका १२ भन्दा बढी शाखामा आगजनी गरेर ध्वस्त पारिएको थियो । मीनबहादुरको दाने जग्गा प्रकरणमा एमाले अध्यक्ष ओलीले नेताहरू बिन्दा पाण्डे र उषाकिरण तिमल्सिनालाई ६ महिना निलम्बन गरेका थिए ।

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  ६ : ५३ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा