एमालेले बल्खुमै कार्यालय बनाउने, कलंकीको जग्गा मीनबहादुरलाई नै फिर्ता गर्ने « Khabarhub

एमालेले बल्खुमै कार्यालय बनाउने, कलंकीको जग्गा मीनबहादुरलाई नै फिर्ता गर्ने


७ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमाले ले पार्टीको केन्द्रीय कार्यालय मदननगर बल्खुकै पुरानो स्थानमा निर्माण गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले सोमबार गुण्डुमा बसेको सचिवालय बैठकमा प्रस्तुत गरेको प्रस्ताव अनुसार बल्खुस्थित आफ्नै जमिनमा नयाँ केन्द्रीय कार्यालय भवन निर्माण गरिने भएको हो ।

२०७२ सालको विनाशकारी भूकम्पले मदननगर बल्खुस्थित एमालेको केन्द्रीय कार्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएपछि पार्टी कार्यालय विभिन्न स्थानबाट सञ्चालन हुँदै आएको थियो । पछिल्लो समय तुल्सीलाल स्मृति भवनको मर्मत तथा विस्तार गरी अस्थायी रूपमा कार्यालय सञ्चालन गर्ने सहमति गरिएको थियो ।

तर गत भदौ २४ गते आगजनी भएपछि प्रतिष्ठानको अनुरोधमा उक्त भवन पुनःनिर्माण गरिएको एमालेले जनाएको छ । एमालेले नयाँ सरकार गठनपछि भोगाधिकार प्राप्त संस्थाहरूको जमिन लिज नवीकरण नगरेको भन्दै सम्पत्ति फिर्ता गर्ने नीतिगत निर्णय गरिएकाले नयाँ कार्यालय भवनको आवश्यकता झन् बढेको उल्लेख गरेको छ ।

यसैबीच, गत वर्ष कलंकीमा शिलान्यास गरिएको स्थानमा तत्काल कार्यालय भवन निर्माण सम्भव नरहेको निष्कर्ष पनि एमालेले निकालेको छ। प्रस्तावमा सर्वोच्च अदालतको नदी किनार नजिकको जमिन प्रयोगसम्बन्धी फैसलापछि बल्खुस्थित जमिनमा कार्यालय भवन निर्माण गर्न सकिने प्राविधिक प्रतिवेदन प्राप्त भएको उल्लेख गरिएको छ ।

एमालेले नयाँ भवन निर्माण नहुँदासम्मका लागि भाडामा कार्यालय सञ्चालन गर्ने र कलंकीमा भवन निर्माणका लागि दानस्वरूप प्राप्त जग्गा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ दम्पतीलाई धन्यवादसहित फिर्ता गर्ने निर्णयसमेत गरेको छ ।

उक्त जग्गा विवादको कारण भदौ २४ मा मीनबहादुर सञ्चालक रहेको भाटभटेनी सुपरमार्केटका १२ भन्दा बढी शाखामा आगजनी गरेर ध्वस्त पारिएको थियो । मीनबहादुरको दाने जग्गा प्रकरणमा एमाले अध्यक्ष ओलीले नेताहरू बिन्दा पाण्डे र उषाकिरण तिमल्सिनालाई ६ महिना निलम्बन गरेका थिए ।

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार  ६ : ५३ बजे

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक

सुक्खा बन्दरगाहका प्रवेशद्वार २४ घण्टै सञ्चालन गर्न निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले वीरगञ्ज सुक्खा बन्दरगाह

जनशक्ति थपेर भूमिहीनलाई लालपुर्जा वितरण गर्छौँ : मन्त्री रावल

नारायणगढ – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

एनपीएल : चितवनसँग हार्‍यो विराटनगर (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो खेलमा चितवन राइनोजले विजयी