बैंकको सीईओ एक्लैको तलब सबै कर्मचारीले पाउने तलबको २ देखि ३ प्रतिशतसम्म « Khabarhub

बैंकको सीईओ एक्लैको तलब सबै कर्मचारीले पाउने तलबको २ देखि ३ प्रतिशतसम्म


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूको तलब, भत्ता तथा अन्य सुविधासम्बन्धी नयाँ मार्गदर्शन जारी गरेको छ । 

‘बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता तथा अन्य सुविधा सम्बन्धी मार्गदर्शन, २०८३’ मार्फत केन्द्रीय बैंकले सीईओहरुको पारिश्रमिकमा निश्चित सीमा तोकेको हो ।

नयाँ व्यवस्था अनुसार अब सीईओको निश्चित वार्षिक तलब र भत्ता दुईवटा मुख्य आधारमा गणना गरिनेछ र तीमध्ये जुन रकम कम हुन्छ, सोही सीमाभित्र रहेर मात्र पारिश्रमिक प्रदान गर्न पाइनेछ ।

मार्गदर्शनअनुसार ‘क’ वर्गका वाणिज्य बैंकले सिईओलाई विगत ३ आर्थिक वर्षको औसत कर्मचारी खर्चको बढीमा २ प्रतिशत वा गत वर्षको कुल सम्पत्तिको बढीमा ०.०१५ प्रतिशत वार्षिक तलब दिन सक्नेछ ।

त्यस्तै, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकले औसत कर्मचारी खर्चको ३ प्रतिशत वा कुल सम्पत्तिको बढीमा ०.०२० प्रतिशत रकम बैंकको सिईओलाई वार्षिक तलबको रूपमा दिन सक्ने भएको छ ।

‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीले कुल सम्पत्तिको बढीमा ०.१० प्रतिशत र ‘घ’ वर्गका राष्ट्रिय स्तरका लघुवित्त कम्पनीले कुल सम्पत्तिको बढीमा ०.०५० प्रतिशत रकम सिईओलाई वार्षिक तलबको रूपमा प्रदान गर्नसक्ने व्यवस्था मागदर्शनले गरेको छ ।

कार्यसम्पादनमा आधारित पारिश्रमिकमा २० प्रतिशतको सीमा

सीईओको कार्यसम्पादनलाई संस्थाको नाफा, सम्पत्तिमा प्रतिफल, पुँजीमा प्रतिफल, निष्क्रिय कर्जा र नियामक पालना जस्ता सूचकहरूसँग जोडिएको छ । 

मार्गदर्शनले यस्तो कार्यसम्पादनमा आधारित पारिश्रमिकलाई वार्षिक निश्चित तलब र भत्ताको बढीमा २० प्रतिशतमा सीमित गरिदिएको छ । यदि तोकिएको कार्यसम्पादन पुरा नभएमा यस्तो पारिश्रमिक दिन नपाइने मागदर्शनले व्यवस्था गरेको छ ।

मार्गदर्शनले सीईओले पाउने अन्य सुविधाहरूमा पनि सीमा तोकेको छ । अब सीईओले सुविधाका रूपमा एउटा मोबाइल, एउटा ल्यापटप र एउटा मात्र सवारी साधन (इन्धन र चालक सहित) पाउनेछन् ।

त्यस्तै, व्यावसायिक सदस्यता, टेलिफोन, इन्टरनेट र पत्रपत्रिका जस्ता शीर्षकमा निश्चित वार्षिक तलब र भत्ताको बढीमा ०.५० प्रतिशतसम्म खर्च गर्न पाउनेछन् ।

सीईओको पारिश्रमिक निर्धारण गर्ने प्रक्रियालाई पारदर्शी बनाउन बैंकको सञ्चालक समितिले एकजना स्वतन्त्र सञ्चालकको संयोजकत्वमा तीन सदस्यीय ‘तलब, भत्ता तथा अन्य सुविधा सिफारिस समिति’ गठन गर्नुपर्नेछ । यस समितिले सीईओको योग्यता, अनुभव र संस्थाको वित्तीय अवस्थाको सूक्ष्म अध्ययन गरी सिफारिस पेश गर्नुपर्नेछ र सोही आधारमा सञ्चालक समितिले अन्तिम निर्णय गर्नेछ ।

राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेका संस्था, नेपाल सरकारको पूर्ण वा आंशिक लगानी भएका बैंक, २० प्रतिशतभन्दा बढी विदेशी लगानी भएका संस्था र विदेशी बैंकका शाखा कार्यालयहरूको हकमा भने यो व्यवस्था अनिवार्य नगरिएको मार्गदर्शनमा उल्लेख छ ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  १२ : ५५ बजे

बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, मन्त्रीले आज राजीनामा दिने

काठमाडौँ – नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ। बागमती

यी प्रदेशमा ठूलो वर्षाको पूर्वानुमान, सतर्क रहन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन : प्रदर्शनमा प्रहरी दमन

नयाँ दिल्ली – भारतीय राजधानी नयाँ दिल्लीका सडकहरूमा भत्किएका ब्यारिकेड,

विश्वकपमा मेसीका २१ सर्वकालीन कीर्तिमान

काठमाडौँ – अर्जेन्टिनाका कप्तान लिओनेल मेसीले फिफा विश्वकप फुटबलको इतिहासमा

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर