रास्वपाले पाएको जिम्मेवारी पुरा नगरे देश र जनतालाई धोका हुन्छ : राजेन्द्र लिङ्देन « Khabarhub

रास्वपाले पाएको जिम्मेवारी पुरा नगरे देश र जनतालाई धोका हुन्छ : राजेन्द्र लिङ्देन


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपाले पाएको जिम्मेवारी पुरा गर्ने अवसर चुकाए देश र जनतालाई धोका हुने बताएका छन् ।  

आइतबार चितवनमा रास्वपाको प्रथम महाधिवेशन उद्घाटन सत्रमा शुभकामना दिँदै अध्यक्ष लिङ्देनले इतिहासले रास्वपालाई ठूलो जिम्मेवारी दिएको भन्दै उक्त जिम्मेवारी पुरा गर्ने अवसर चुकाए रास्वपा र रास्वपाको नेतृत्वलाई मात्रै नभई देश र जनतालाई नै धोका हुने बताएका हुन् ।

उनले अहिलेको समस्या यसअघिका नेताहरूका कारण मात्रै नभई उनीहरूले ल्याएको संविधान र संवैधानिक व्यवस्थामा रहेकाले वर्तमान संविधानमा सुधार र परिवर्तन नगरी मुलुक अघि बढ्न नसक्ने उल्लेख गरे । त्यसका लागि राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने उनले बताए । 

त्यस्तै अध्यक्ष लिङ्देनले  हिजो अरूले निषेध गरेकै आधारमा आज रास्वपा नेतृत्वको सरकारले पनि त्यस्तै बाटो समाते पुरानै दुर्दशा भोग्नुपर्ने अवस्था आउन सक्ने तर्फ सचेत गराए ।

प्रतिपक्षीका हिसाबले राप्रपाले सरकारका राम्रा कामको समर्थन र गलत कामको सदैव खबरदारी गर्ने उनको भनाइ छ । 

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ४ : ५५ बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’