भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न « Khabarhub

भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर अस्पतालको १२३औँ वार्षिकोत्सवको अवसरमा भक्तपुर अस्पतालले आज जिल्लामा रहेका क्रियाशील पत्रकारितामा सक्रिय पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।

बागमती प्रदेश मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत भक्तपुर अस्पतालको आयोजना तथा नेपाल पत्रकार महासङ्घ भक्तपुर जिल्ला शाखाको समन्वयमा सम्पन्न स्वास्थ्य परीक्षणमा ५१ जना क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष ज्ञानराम श्रेष्ठले जानकारी दिए । 

स्वास्थ्य परीक्षणमा मुटु, मिर्गौला, कलेजोलगायत शरीरका विभिन्न अङ्गमा हुनसक्ने रोगको परीक्षण गरिएको थियो । अस्पतालमा एक्सरे, इसिजी, युएसजी, सिबिसी, अल्ट्रासाउण्ड, लिपिड प्रोफाइललगायत विभिन्न जाँच गरिएको थियो । 

भक्तपुर अस्पताले विगत तीन वर्षदेखि सेवा प्रवाहमा देशभरकै अस्पतालमध्येबाट उत्कृष्ट हुँदै आएको बताउँदै अध्यक्ष श्रेष्ठले जनताको सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन भइरहेको उल्लेख गरे ।

अस्पतालले विगतका वर्षमा भक्तपुरमा रहेर कार्यक्रम  गर्दै आएका क्रियाशील पत्रकारको स्वास्थ्य परीक्षण, उपचारमा सहजीकरण गरिएको बताउँदै उनले आज प्रतिव्यक्ति करिब तीन हजार बराबरको स्वास्थ्य परीक्षण निःशुल्क गरिएको जानकारी दिए । 

पत्रकारलाई रगत, दिसा र पिसाब परीक्षणको रिपोर्ट आएपछि थप उपचारको आवश्यकता भएमा अस्पतालले निःशुल्क सेवा प्रवाह गर्ने उनले बताए । 

नेपाल पत्रकार महासङ्घ भक्तपुरमा अध्यक्ष सुन्दर शिल्पकारले सधैँ समाचारका लागि दौडने पत्रकारहरूले आफ्नो स्वास्थ्य परीक्षणमा ध्यान नदिइरहेको अवस्थामा शिविरले पत्रकारको स्वास्थ्य अवस्था जानकारी लिन र आवश्यक परे थप उपचारमा जान सहजीकरण गर्ने विश्वास व्यक्त गरे । रासस
 

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ७ : २७ बजे

एसएसपीदेखि एआईजीसम्मका १५ उच्च प्रहरी अधिकृतलाई तराई-मधेशमा पठाइयो 

काठमाडौं– तराई–मधेशमा पछिल्ला दिनमा विकसित सुरक्षा अवस्थाको मूल्यांकन गर्दै नेपाल

प्रधानमन्त्रीलाई मधेशवादी दलका नेताले सोधे : चार दिनसम्म के हेरेर बस्नुभयो ? 

काठमाडौं– मधेशवादी दलहरूसँग छलफल गरेका प्रधानमन्त्री वालेन्द्र शाह प्रश्नले घेरिएका

कर्फ्युपछि मधेशका केही जिल्लामा अवस्था शान्त

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शनपछि स्थानीय

मध्यपूर्वमा द्वन्द्व फैलिएपछि १६ जना भारतीय नागरिकको मृत्यु

एएनआई– मध्य पूर्वमा द्वन्द्व सुरु भए देखि यस क्षेत्रमा जारी

पशु चौपायमा कृत्रिम गर्भाधान 

चितवन– जिल्लाका ७० हजार २०६ पशु चौपायमा कृत्रिम गर्भाधान गराइएको छ