इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं « Khabarhub

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको आफ्नो समर्थित संगठन हिजबुल्लाहका गतिविधि रोक्न चेतावनी दिएका छन् ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानले हिजबुल्लाहलाई नियन्त्रण नगरे अमेरिका थप कडा कारबाही गर्न बाध्य हुने बताएका हुन् । उनले अमेरिकाले यसअघि गरेको आक्रमणभन्दा अझ ठूलो स्तरको कदम चाल्न सक्ने चेतावनी दिएका छन् ।

यसैबीच स्विट्जरल्यान्डको बुर्गेनस्टकमा अमेरिका र इरानबीच उच्चस्तरीय वार्ता सुरु भएको छ । वार्ताका क्रममा अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले पछिल्ला केही घण्टामा सकारात्मक प्रगति भएको बताएका छन् ।

भेन्सले अमेरिका र इरानले मिलेर क्षेत्रीय शान्ति, स्थिरता र समृद्धिका लागि काम गर्न सक्ने विश्वास व्यक्त गरे । उनका अनुसार राष्ट्रपति ट्रम्पले दुवै देशबीचको सम्बन्धमा नयाँ अध्याय सुरु गर्ने चाहना राखेका छन् ।

उनले आगामी १० वर्षभित्र पश्चिम एसियाको अवस्थालाई परिवर्तन गर्ने लक्ष्य रहेको पनि बताएका छन् । पाकिस्तान र कतारको मध्यस्थतामा भइरहेको उक्त वार्ताको मुख्य उद्देश्य बढ्दो तनाव कम गर्नु र दीर्घकालीन शान्तिको बाटो खोज्नु रहेको बताइएको छ ।

अमेरिका र इरानबीच लामो समयदेखि जारी तनावका बीच सुरु भएको यो वार्तालाई क्षेत्रीय स्थिरताका लागि महत्वपूर्ण पहलका रूपमा हेरिएको छ ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ९ : २१ बजे

कांकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ बाट निगरानी

झापा– नेपालको पूर्वी सीमा नाका कांकडभिट्टामा सशस्त्र प्रहरी बलले उच्च

एसिसी प्रिमियर कप : मलेसियासँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको

पूर्वाधार बनेसँगै पर्यटकीय गन्तव्य बन्दै अरुण डाँडा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकास्थित अरुण डाँडा (छिन्तालुङ) पछिल्लो समय प्रमुख

भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११