जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता « Khabarhub

जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न हिन्दुवादी सङ्घसंस्था आबद्ध युवाहरूले जनकपुरधामस्थित जानकी मन्दिर परिसर श्रम संस्कृति पार्टीका कार्यकर्तालाई लखेटेका छन् ।

पार्टी अध्यक्ष हर्क साम्पाङलाई स्वागत गर्न बसेका श्रम संस्कृति पार्टीका कार्यकर्ताहरूलाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले लखेटेका हुन् । हिन्दु सम्राट सेनाले साम्पाङलाई ‘क्रिश्चियन धर्मको प्रचारक’ भएको आरोप लगाउँदै जानकी मन्दिर प्रवेश गर्न नदिने जनाएका थिए ।

सो क्रममा तनावको अवस्था सिर्जना भएपछि प्रहरीले हस्तक्षेप गरेर स्थितिलाई नियन्त्रणमा लिएको थियो । त्यसलगतै हिन्दु सम्राट सेनाका कार्यकर्ताहरू प्लेकार्डसहित मन्दिरको बाहिर गेटमा बसेका थिए । पार्टी कार्यक्रममा सहभागी जनकपुर जाँदा अध्यक्ष साम्पाङले मन्दिरको दर्शन गर्ने तयारी गरेका थिए ।

मन्दिरबाट आफ्ना कार्यकर्ता लखेटिएपछि अध्यक्ष साम्पाङले मन्दिर प्रवेशमा रोक लगाउने गरि कसैले राजनीति गर्न खोजेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले श्रमदाताहरूलाई दुर्व्यवहार भएको भन्दै संयमित हुन समेत आग्रह गरेका छन् । 

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  १ : ४४ बजे

अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडी– बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राष्ट्रियसभामा प्रधानमन्त्री बालेनले विधेयक पेस गर्ने कार्यसूची

काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन

पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो

तनहुँ – पशु तथा चौपायामा लाग्ने सङ्क्रामक रोग नियन्त्रणका लागि

मलेसियाको एउटा बिरुवाबाट सुरु भएको खेती : वार्षिक ३० टन ड्रागन फ्रुट उत्पादन

सुनसरी- आकर्षक बगैँचा, लटरम्म फलेका फल अनि ओठमा मीठो मुस्कान।