हिजो र आज दुवै नेतृत्वप्रति नागरिक निराश भए, यसबारे समीक्षा गर्नुपर्छ : उपसभापति शर्मा « Khabarhub

हिजो र आज दुवै नेतृत्वप्रति नागरिक निराश भए, यसबारे समीक्षा गर्नुपर्छ : उपसभापति शर्मा


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले हिजोका र आजका दुवै नेतृत्वप्रति नागरिक निराश रहेको टिप्पणी गरेका छन् ।

सहमहामन्त्री गुरुराज घिमिरेद्वारा लिखित ‘बुद्ध, बीपी र आजका नेता र लिलिपुटका लघुमानव’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै शर्माले दोषारोपणभन्दा पनि देश किन अपेक्षाअनुसार अघि बढ्न सकेन भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने बताए ।

‘हिजो नागरिक हामीसँग किन असन्तुष्ट थिए, आज पनि किन निराश छन् ?,’ शर्माले प्रश्न गरे । उनले नेपाली समाजमा दैनिक करिब २० जनाले आत्महत्या गरिरहेको उल्लेख गरे ।

गणेश नेपालीले आत्मदाह गरेको स्मरण गर्दै उनले भने, ‘अहिले पनि गणेश नेपालीले आत्मदाह गरे हिजो प्रेम आचार्यले पनि हाम्रो सरकारमा हुँदा त्यसै गरे । यद्यपि त्यतिबेला पनि उहाँहरुकै गृहमन्त्री हुनुहुन्थ्यो ।’

‘दोषारोपण गर्ने होइन, नेपाल किन बनेन र किन यस्तो भइरहेको छ भन्ने विषयमा गम्भीर समीक्षा गर्ने समय आएको छ, नेपाल कति रूपान्तरण भयो, अब कति यात्रा बाँकी छ, देश किन बनेन र कसरी बनाउन सकिन्छ भन्नेमा केन्द्रित भएर अघि बढ्नुपर्छ,’ उनले भने ।

यस्तै, कांग्रेस नेता बीपी कोइरालाको राजनीतिक संस्कार स्मरण गर्दै उपसभापति शर्माले नेतृत्व हस्तान्तरणको संस्कृतिसमेत आवश्यक रहेको उल्लेख गरे ।

‘बीपी कोइरालाले एक पटक प्रधानमन्त्री भएपछि अर्को पटक आफ्नै साथीलाई प्रधानमन्त्रीका रूपमा अघि सार्नुभयो । राजनीतिमा एउटा उचाइमा पुगेपछि कहिले हात उठाउने भन्ने संस्कार पनि हुनुपर्छ,’ पार्टीका असन्तुष्ट पक्षतर्फ इङ्गित गर्दै उनले भने ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ३ : ५८ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर