नसीरुद्दीन शाहको कडा प्रतिक्रिया : म आक्रोशले उम्लिरहेको छु, सबै याद राखिनेछ « Khabarhub

नसीरुद्दीन शाहको कडा प्रतिक्रिया : म आक्रोशले उम्लिरहेको छु, सबै याद राखिनेछ


६ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दिल्लीको जन्तर–मन्तरमा नीट युजी २०२६ प्रश्नपत्र चुहावटको विरोधमा प्रदर्शन गरिरहेका विद्यार्थीमाथि भएको प्रहरी दमनप्रति भारतीय अभिनेता नसीरूद्दीन शाहले कडा असन्तुष्टि जनाएका छन्।

सामाजिक तथा राजनीतिक विषयमा खुलेर धारणा राख्ने शाहले सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै आफू ‘आक्रोशले उम्लिरहेको’ बताएका छन्।

उनले भने, ‘यदि कुनै अयोग्य व्यक्ति देशको नेतृत्व गर्छ भने उसको चाहना पूरा देश पनि उसकै जस्तै अज्ञानी, असंवेदनशील र निर्दयी बनोस् भन्ने हुन्छ।’

शाहले आफूले अभिनयबारे सबैभन्दा धेरै कुरा आफ्नै विद्यार्थीहरूबाट सिकेको उल्लेख गर्दै आन्दोलनरत विद्यार्थीहरूप्रति पूर्ण ऐक्यबद्धता व्यक्त गरे। ‘मेरो सम्पूर्ण सहानुभूति उनीहरूसँग छ। उनीहरूलाई हजारौँ शुभकामना दिन्छु र सबै शिक्षक दिवसमा उनीहरूलाई सम्मान गर्छु,’ उनले भने।

उनले विद्यार्थीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीको आलोचना गर्दै भने, ‘हाम्रा छोराछोरीमाथि जसरी अत्याचार भइरहेको छ, त्यसले मेरो मन दुःखी बनाएको छ। मुख छोपेर लाठी बोकेका ती व्यक्तिहरूले आफ्ना सन्तानबारे पनि एकपटक सोच्नुपर्छ। एक दिन यसको परिणाम उनीहरूले पनि भोग्नुपर्नेछ।’

शाहले आन्दोलनरत युवालाई हिम्मत नहार्न आग्रह गर्दै धेरै मानिस उनीहरूको पक्षमा रहेको बताए। ‘तपाईंहरू आफ्नो संघर्ष जारी राख्नुहोस्। देशको युवा पुस्तामाथि मेरो भरोसा अझ बलियो भएको छ,’ उनले भने।

यसैबीच सामाजिक सञ्जालमा शाह आफ्ना छोरा विवान र इमादसँग जन्तर–मन्तरको प्रदर्शनमा सहभागी भएको दाबी गर्दै भिडियो भाइरल भएको थियो। तर भारतीय सञ्चारमाध्यमहरूका अनुसार उक्त भिडियो दिल्लीको प्रदर्शनस्थलको नभई मुम्बईस्थित रीगल सिनेमामा आयोजित एक फिल्म प्रदर्शनको थियो।

यता, विद्यार्थी आन्दोलन दिल्लीबाहिर मुम्बईसम्म फैलिन थालेपछि प्रहरीले जुलाई २३ देखि अगस्ट ६ सम्म पाँच वा सोभन्दा बढी व्यक्ति भेला हुन, जुलुस निकाल्न, लाउडस्पिकर प्रयोग गर्न तथा आतसबाजी गर्न रोक लगाएको छ।

यसैबीच, दिल्ली उच्च अदालतले जन्तर–मन्तरमा भएको प्रहरी कारबाहीविरुद्ध दायर जनहित याचिकामाथि बुधबार सुनुवाइ गर्ने भएको छ। याचिकामा आन्दोलनकारीमाथि अत्यधिक बल प्रयोग गरिएको आरोप लगाइएको छ।

उता, कांग्रेस नेता केसी बेनुगोपालले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै सरकारले विद्यार्थीको हित संरक्षण गर्न असफल भएको आरोप लगाएका छन्।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  १२ : ११ बजे

प्रदेशको सत्ताबारे सहमति खोज्न छुट्टाछुट्टै छलफल गर्दै प्रचण्ड-ओली

काठमाडौं– प्रदेशको सत्ता समीकरण अगाडि बढाउन नेपाली कम्युनिस्ट पार्टीका संयोजक

समितिले थाल्यो कानुन कार्यान्वयन अवस्थाको अध्ययन

काठमाडौं- राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले हाल कार्यान्वयनमा रहेका विभिन्न ऐन

निर्णय खारेजीको माग गर्दै विरोधमा उत्रिए लोकसेवा तयारी गरिरहेका विद्यार्थी (तस्बिरहरू)

काठमाडौं– लोकसेवाको तयारी गरिरहेका विद्यार्थीहरूले माइतीघरमा विरोध प्रदर्शन गरेका छन्

एनसेलको स्वामित्व विवाद टुंगिने अवस्थामा, सेयर हस्तान्तरण कानुन बमोजिम गर्न प्राधिकरणलाई अदालतको आदेश

काठमाडौं– सर्वोच्च अदालतले झन्डै तीन वर्षदेखि विवादमा रहेको एनसेलको स्वामित्व

माग पुरा नभए भोलीदेखि सत्याग्रह सुरु गर्छु : गोविन्द केसी 

काठमाडौं– चिकित्सा शिक्षा सुधार अभियानका अभियन्ता प्रा. डा.गोविन्द केसीले आफ्ना