अर्थसंक्षेप : एक खर्ब निक्षेप उठाउँदै केन्द्रीय बैंक, नप्सेले निराश बनायो र राजस्व कार्यालय जनकपुरबाट छ अर्ब ७८ लाख राजस्व « Khabarhub

अर्थसंक्षेप : एक खर्ब निक्षेप उठाउँदै केन्द्रीय बैंक, नप्सेले निराश बनायो र राजस्व कार्यालय जनकपुरबाट छ अर्ब ७८ लाख राजस्व


६ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

दोहोरो अंकले घट्यो नप्से परिसूचक

धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ९५ अंकले घटेर दुई हजार ७१२ दशमलव ५४ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव १० अंकले घटेर ४७० दशमलव ३१ मा पुगेको छ ।

फ्लोट सूचक शून्य दशमलव ७७ अंकले घटेर १८५ दशमलव ८५ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक भने शूल्य दशमलव ५८ अंकले घटेर १५९ दशमलव ४३ मा रहेको छ ।

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य २९.९९ लाख

एनसेलको स्वामित्व विवाद टुंगिने अवस्थामा, सेयर हस्तान्तरण कानुन बमोजिम गर्न प्राधिकरणलाई अदालतको आदेश

राजस्व कार्यालय जनकपुर : छ अर्ब छ करोड ७८ लाख राजस्व संकलन

बजारमा देखिएको आर्थिक तरलताका बाबजुद आन्तरिक राजस्व कार्यालय जनकपुरधाम, धनुषाले आर्थिक वर्ष २०८२-८३ मा छ अर्ब छ करोड ७८ लाख ८८ हजार राजस्व संकलन गरेको छ ।

आन्तरिक राजस्व कार्यालय जनकपुरधामका प्रमुख आनन्दकुमार गुप्ताका अनुसार विभिन्न अभियानमार्फत पुरानो बक्यौता असुली र बजार अनुगमनलाई तीव्रता दिएपछि लक्ष्यको ८८ दशमलव ४९ प्रतिशत राजस्व संकलन भएको हो ।

आव २०८२-८३ मा सो कार्यालयले अन्तशुल्कतर्फ दुई अर्ब ५५ कारेड सात लाख ३० हजार, आयकरतर्फ दुई अर्ब छ करोड ८२ लाख एक हजार र मूल्यअभिवृद्धि करतर्फ रु एक अर्ब २८ करोड ४० लाख ९९ हजार राजस्व संकलन गरेको छ ।

यस्तै ब्याजकरतर्फ सात करोड ७८ लाख तीन हजार, बहालकरतर्फ पाँच करोड २५ लाख ३७ हजार, स्वास्थ्य जोखिम करतर्फ रु चार लाख ३१ हजार र अन्यतर्फ तीन करोड ४० लाख ८७ हजार राजस्व संकलन भएको प्रमुख गुप्ताले बताए।

कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व संकलनमा कमी

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  ७ : ०४ बजे

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका

स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु

नारायणगढ– चितवनको रत्ननगर नगरपालिका-९ टिकौली जंगलस्थित पूर्व-पश्चिम राजमार्गमा स्कुटर र

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ– कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे गाउँ

बाढीप्रभावित क्षेत्रमा डीएनए नमूना संकलन केन्द्र

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि

‘हिमाली सुनामी’पछि तीनै तहका सरकारबीच समन्वय र सहकार्यमा काम हुँदैछ : भुपदेव शाह

नुवाकोट – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं