जीतपुर घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग « Khabarhub

जीतपुर घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग


६ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले बाराको जीतपुर सिमरामा बालिकाको हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।

अध्यक्ष घिसिङले शनिबार विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीलाई कानुनी कठघरामा उभ्याउन सरकारसँग माग गरेका हुन् ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१, दसधुरास्थित बस्तीबाट साउन ३१ गतेदेखि हराइरहेकी बालिकाको शव भदौ २ गते सोही स्थानको एक घरमा फेला परेको थियो। प्रहरीका अनुसार बालिकाको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उज्यालो नेपाल पार्टीले बालिकामाथि भएको जघन्य अपराधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। घटनाले समाजमा बालबालिकाको सुरक्षा तथा उनीहरूको संरक्षणप्रति राज्यको दायित्वमाथि गम्भीर प्रश्न उठाएको पार्टीको भनाइ छ।

पार्टीले पीडित परिवारलाई न्यायको अनुभूति हुने गरी घटनाको सत्यतथ्य सार्वजनिक गर्न, दोषीमाथि कडा कानुनी कारबाही गर्न तथा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राज्यका निकायलाई आग्रह गरेको छ।

घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कुनै पनि प्रकारको उन्मुक्ति नदिनसमेत अध्यक्ष घिसिङले माग गरेका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०८३, शनिबार  १ : १९ बजे

लागूऔषधसहित सात जना पक्राउ

बाँके– प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम

भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

जुम्ला– भोटेकोशीमा बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेका

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

काठमाडौँ – कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर