वैदेशिक व्यापार ३५ प्रतिशतले बढ्यो, व्यापार घाटा १ खर्ब ४८ अर्ब नाघ्यो « Khabarhub

वैदेशिक व्यापार ३५ प्रतिशतले बढ्यो, व्यापार घाटा १ खर्ब ४८ अर्ब नाघ्यो


६ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भन्सार विभागले चालू आर्थिक वर्ष २०८३-८४ को पहिलो महिना साउनको वैदेशिक व्यापार सम्बन्धी प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको छ। सार्वजनिक तथ्यांक अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षको सुरुवात महिनामा नेपालको वैदेशिक व्यापारको आकारमा उल्लेख्य वृद्धि भएको देखिएको छ ।

विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०८३-८४ को पहिलो महिना साउनमा नेपालको कुल वैदेशिक व्यापार ३५.४४ प्रतिशतले वृद्धि भई २ खर्ब २६ अर्ब १४ करोड ७७ लाख ६८ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष २०८२-८३ को सोही अवधिमा नेपालको कुल वैदेशिक व्यापार १ खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख ९ हजार रुपैयाँ मात्र रहेको थियो ।

यस अवधिमा आयाततर्फ ३१.०४ प्रतिशतको वृद्धि भई १ खर्ब ७ अर्ब ४४ करोड ३६ लाख २२ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत वर्षको साउन महिनामा १ खर्ब ४३ अर्ब ४ करोड ६ लाख ६९ हजार रुपैयाँ बराबरको आयात भएको थियो । 

त्यसैगरी, निर्याततर्फ ६१.७२ प्रतिशतको वृद्धि देखिएको छ । गत वर्षको साउन महिनामा २३ अर्ब ९३ करोड २४ लाख ४१ हजार रुपैयाँको निर्यात भएकोमा चालू आवको पहिलो महिनामा सो रकम बढेर ३८ अर्ब ७० करोड ४१ लाख ४६ हजार रुपैयाँ पुगेको छ ।

निर्यातमा वृद्धि भए तापनि आयातको परिमाण उच्च भएका कारण मुलुकको व्यापार घाटा २४.८८ प्रतिशतले वृद्धि भई १ खर्ब ४८ अर्ब ७३ करोड ९४ लाख ७७ हजार रुपैयाँ पुगेको छ, जुन गत वर्ष सोही अवधिमा १ खर्ब १९ अर्ब १० करोड २ लाख २ हजार रुपैयाँ रहेको थियो ।

यद्यपि, आयात र निर्यातको अनुपातमा भने १.९७ प्रतिशतले सुधार आई ५.९ बाट घटेर ४.८४ कायम भएको छ । यसैगरी कुल व्यापारमा निर्यातको हिस्सा १४.३३ प्रतिशतबाट बढेर १७.११ प्रतिशत पुगेको छ भने आयातको हिस्सा ८५.६७ प्रतिशतबाट घटेर २.९ प्रतिशतमा झरेको छ ।

साउन महिनामा आयात भएका मुख्य वस्तु

चालू आर्थिक वर्षको साउन महिनामा नेपालमा आयात भएका प्रमुख १० वस्तुहरूमा सबैभन्दा अगाडि कच्चा भटमासको तेल रहेको छ । जसको कुल आयात मूल्य १८ अर्ब ४० करोड ४२ लाख ८८ हजार रुपैयाँ रहेको छ । 

त्यसैगरी सो अवधिमा दोस्रो धेरै आयात हुने वस्तुमा डिजेल रहेको छ, जसको आयात मूल्य १३ अर्ब ८५ करोड ४५ लाख ४६ हजार रुपैयाँ पुगेको छ भने खाना पकाउने एलपी ग्यास ८ अर्ब ४६ करोड ९२ लाख २९ हजार रुपैयाँ बराबरको भएको छ । 

साथै, साउन महिनामा कृषि प्रयोजनका लागि ७ अर्ब ८६ करोड ९३ लाख रुपैयाँ बराबरको डीएपी मल, ६ अर्ब ८८ करोड २४ लाख ९० हजार रुपैयाँ मूल्य बराबरको पेट्रोल, ४ अर्ब ६१ करोड ५५ लाख १६ हजार रुपैयाँ बराबरको कच्चा फलाम, ४ अर्ब ३९ करोड २१ लाख ५४ हजार रुपैयाँ बराबरको युरिया तथा अन्य मल र ३ अर्ब ७ करोड ७ लाख २४ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ ।

साउन महिनामा निर्यात भएका मुख्य वस्तु

साउन महिनामा निर्याततर्फ पनि प्रशोधित भटमासको तेल सबैभन्दा अगाडि रहेको विभागको तथ्यांकले देखाएको छ, जसको आयात पनि सबैभन्दा धेरै रहेको छ । जसको कुल निर्यात मूल्य १७ अर्ब ९९ करोड ३४ लाख ५५ हजार रुपैयाँ पुगेको छ ।
 
त्यस्तै, सो अवधिमा १ अर्ब २९ करोड २९ लाख ३९ हजार रुपैयाँ मूल्य बराबरको प्रशोधित पाम तेल, १ अर्ब २० करोड ७५ लाख ४७ हजार रुपैयाँ बराबरको प्रशोधित सूर्यमुखी तेल र घरायसी तथा भान्छा कोठामा प्रयोग हुने स्टेनलेस स्टिलका सामानहरू १ अर्ब १५ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । 

साथै, विभागको तथ्यांकले साउन महिनामा जुटबाट उत्पादित कपडा तथा जुटजन्य सामग्रीहरू १ अर्ब ६ करोड ६२ लाख ९५ हजार रुपैयाँ मूल्य बराबरको, नेपाली हस्तकला र परम्परागत ऊनी गलैँचाहरू ८४ करोड ८९ लाख ३१ हजार रुपैयाँ बराबरको, ७० करोड ३३ लाख ४ हजार रुपैयाँ बराबरको पोलिएस्टर धागो र अलैंची ६७ करोड ५२ लाख १९ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८३, शनिबार  १ : ४९ बजे

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवानामा

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र

आयुर्वेद सेवामा बढ्दै आकर्षण, ३४ हजार लाभान्वित

दमौली– प्रदेश आयुर्वेद चिकित्सालय तनहुँले आर्थिक वर्ष २०८२-८३ मा ३४