गरिमा चौधरीको न्याय माग्दै माइतीघरमा विरोध प्रदर्शन « Khabarhub

गरिमा चौधरीको न्याय माग्दै माइतीघरमा विरोध प्रदर्शन


६ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बारामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको न्यायको माग गर्दै शनिबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ।

गरिमा चौधरीको बलात्कार तथा हत्याको विरोधमा नागरिक, युवा, विद्यार्थी, अधिकारकर्मी तथा विभिन्न संघसंस्थाको सहभागितामा प्रदर्शन गरिएको हो। प्रदर्शनकारीहरूले घटनामा संलग्न दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै नाराबाजी गरेका थिए।

प्रदर्शनका क्रममा सहभागीहरूले ‘बलात्कारीलाई फाँसी देऊ’, ‘फाँसी दिन सकिँदैन भने इन्काउन्टर गर’ लगायतका नारा लगाएका थिए। उनीहरूले ‘छोरी जन्मनु अपराध हो?’ र ‘जुन देशले आफ्ना बच्चाहरूलाई सुरक्षा दिन सक्दैन, त्यो देश विकासमा होइन, लाजमा डुब्नुपर्छ’ लगायतका सन्देश लेखिएका प्लेकार्डसमेत प्रदर्शन गरेका थिए।

प्रहरीका अनुसार जितपुरसिमरा–१ दसधुरीकी मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा साउन ३१ गते बिहान घरबाट हराएकी थिइन्। खोजीका क्रममा उनको शव मंगलबार एउटा घरको खाली कोठामा फेला परेको थियो।

घटनाबारे अनुसन्धान अघि बढाउँदै प्रहरीले आरोपितहरूलाई पक्राउ गरेको जनाएको छ। अभिभावकले जाहेरी दिएपछि सोही आधारमा थप चार जनालाई नियन्त्रणमा लिइएको गृहमन्त्री सुधन गुरुङले जानकारी दिएका छन्

प्रदर्शनकारीहरूले बालबालिकामाथि हुने यौन हिंसा र हत्याका घटनामा दोषीलाई उन्मुक्ति दिन नहुने भन्दै प्रभावकारी अनुसन्धान, शीघ्र न्याय र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।

उनीहरूले बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राज्यले प्रभावकारी कानुनी तथा सुरक्षा संयन्त्र निर्माण गर्नुपर्नेमा समेत जोड दिएका छन्।

प्रकाशित मिति : ६ भाद्र २०८३, शनिबार  २ : १३ बजे

लागूऔषधसहित सात जना पक्राउ

बाँके– प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम

भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

जुम्ला– भोटेकोशीमा बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेका

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

काठमाडौँ – कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर