भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा : मन्त्री रावल « Khabarhub

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा : मन्त्री रावल


६ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

धनगढी- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेको बताएकी छन्।

कैलालीको धनगढी उपमहानगरपालिकामा आज आयोजित कार्यक्रममा उनले अव्यवस्थित बसोवासी तथा भूमिहीन परिवारलाई लालपुर्जा वितरणका लागि आवश्यक सहजीकरण र समन्वय गर्न सरकार पूर्णरूपमा तयार रहेको बताइन्।

मन्त्री रावलले विकासका अन्य गतिविधिजस्तै भूमिसम्बन्धी समस्या समाधानलाई पनि उच्च प्राथमिकतामा राखेर काम गर्न धनगढी उपमहानगरपालिकालाई आग्रह गरिन्।

यसअघि भूमि समस्या समाधान समिति कैलालीको बैठकमा उनले ६०० दिनभित्र लालपुर्जा वितरण गर्ने लक्ष्यसहित सरकारले काम गरिरहेको जानकारी दिइन्। जिल्लाका सबै पालिकामा भूमिसम्बन्धी समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्न उनले समितिलाई आग्रह गरिन्।

भूमि समस्या समाधानका लागि आवश्यक स्रोतसाधन र जनशक्ति उपलब्ध गराउन सरकार तयार रहेको मन्त्री रावलले बताइन्।

समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले कैलालीमा चाँडै लालपुर्जा वितरण गर्ने तयारीबारे छलफल भएको जानकारी दिए। उनका अनुसार मन्त्री रावल कैलाली र कञ्चनपुरमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।

प्रकाशित मिति : ६ भाद्र २०८३, शनिबार  २ : १९ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार