जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु « Khabarhub

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु


६ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर तथा टहराहरू हटाउन थालिएको छ। गुठी संस्थान जनकपुरधामले शनिबारदेखि पोखरीका डिलमा रहेका संरचना हटाउँदै अतिक्रमणमुक्त अभियान सुरु गरेको हो।

संघीय सरकारको निर्णयअनुसार केन्द्रीय गुठी कार्यालय मातहत रहेका जग्गा तथा सार्वजनिक सम्पत्तिलाई अतिक्रमणमुक्त बनाउने अभियानअन्तर्गत जनकपुरधाममा पनि प्रक्रिया अघि बढाइएको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले जानकारी दिए

प्रमुख साहका अनुसार वि.सं. २०४२ देखि २०४६ सालको बीचमा भएको नयाँ सर्वे नापीमा पोखरीका लागि छुट्याइएको जग्गामा भएका अतिक्रमण पहिचान गरी हटाउने काम सुरु गरिएको हो।

उनले अतिक्रमण हटाउने क्रममा नगरवासीलाई संयमित रहन र राज्यपक्षसँग विवाद नगर्न आग्रह गरे। कानुनी प्रक्रिया पूरा गरी अतिक्रमण हटाउने काम अघि बढाइने उनको भनाइ छ।

जनकपुरधामका ऐतिहासिक तथा धार्मिक सम्पदासँग जोडिएका जानकी मन्दिर, राम मन्दिर, रत्न सागर, गंगासागर, राजदेवी मन्दिर, हनुमान मन्दिर तथा धनुषाको थारी मठलगायत राज्य गुठीअन्तर्गत रहेका जग्गा र पोखरीहरूको नापी तथा संरक्षण प्रक्रिया पनि अघि बढाइएको प्रमुख साहले बताए।

स्थानीय तह, गुठी संस्थान र सम्बन्धित निकायको समन्वयमा अतिक्रमित क्षेत्र पहिचान गरी सार्वजनिक तथा गुठी सम्पत्तिको संरक्षण गर्ने अभियानलाई निरन्तरता दिइने जनाइएको छ।

प्रकाशित मिति : ६ भाद्र २०८३, शनिबार  २ : ५५ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार