बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु « Khabarhub

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु


६ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

शनिबार दिउँसो खैरहनी नगरपालिका–१ स्थित तरकारी चोकमा नारायणगढबाट बर्दिबासतर्फ जाँदै गरेको बस र विपरीत दिशाबाट आएको मोटरसाइकल ठोक्किएका थिए।

दुर्घटनामा मोटरसाइकल चालक करिब ३२ वर्षीय पुरुष र पछाडि सवार करिब २५ वर्षीया महिला गम्भीर घाइते भएका थिए। दुवैको उपचारका क्रममा भरतपुरस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको पहिचान खुल्न बाँकी छ। प्रहरीले बस चालक सर्लाही हरिवन–८ का ५१ वर्षीय अजयकुमार मास्केलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : ६ भाद्र २०८३, शनिबार  ३ : ३६ बजे

लागूऔषधसहित सात जना पक्राउ

बाँके– प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम

भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

जुम्ला– भोटेकोशीमा बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेका

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

काठमाडौँ – कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर