प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा « Khabarhub

प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा


६ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निजी भ्रमणका क्रममा मुस्ताङ यात्रामा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सवारी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से झरनाबाट अगाडि बढेको छ ।

मुस्ताङ आउजाउ गर्ने पर्यटक यो झरनामा फोटो/भिडियो खिचेर यात्रा अघि बढाउँछन् । प्रधानमन्त्री बालेन र उनको टिम झरनामा नरोकिई सिधै मुस्ताङ सदरमुकाम जोमसोमतर्फ लागेको छ । म्याग्दीको तातोपानीस्थित होटेल न्याचुरल स्प्रिङमा एक घण्टा विश्रामपछि प्रधानमन्त्री बालेन जोमसोमतर्फ अघि बढेका हुन् ।

मुस्ताङ जाने सडक म्याग्दीको बेनी-जोमसोम खण्डमा दुई ठाउँमा पहिरो खसेर अवरूद्ध भएको थियो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर र म्याग्दीकै रघुगंगा गाउँपालिका–२ बैसरीमा लेदोसहित पहिरो खस्दा उनको यात्रा अन्यौलमा परेको थियो । यद्यपि दुबै पहिरो हटाएर बाटो सुचारु गरिएको छ ।

सडक मार्गबाट मुस्ताङ यात्रा गर्ने क्रममा उनी हिजो पोखरा पुगेका थिए । पोखरानजिकैको अस्ताम गाउँस्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा बास बसेर प्रधानमन्त्री शाह शनिबार मुस्ताङतर्फ लागेका हुन् । प्रधानमन्त्री शाहको मुस्ताङ यात्राले त्यहाँको पर्यटकीय गन्तव्यको प्रचार भई पर्यटकहरुको आगमन बढ्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८३, शनिबार  ४ : ४२ बजे

लागूऔषधसहित सात जना पक्राउ

बाँके– प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम

भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

जुम्ला– भोटेकोशीमा बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेका

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

काठमाडौँ – कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर