लागूऔषधसहित तीन जना पक्राउ « Khabarhub

लागूऔषधसहित तीन जना पक्राउ


६ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार शुक्रबार राति झापा गाउँपालिका–४ चर्तागाछीमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका शिवसताक्षी नगरपालिका–९ का १७ वर्षीय गौरव चौधरीलाई पक्राउ गरिएको हो । 

जाँचका क्रममा निजको साथबाट प्लास्टिकसहित सात ग्राम १० मिलीग्राम ब्राउनसुगर तथा नाइट्रोजन ट्याब्लेट १८ थान बरामद भएको छ । 

त्यस्तै, आज बिहान भारततर्फबाट साइकलमा नेपाल आउँदै गरेका शिवसताक्षी–६ का २८ वर्षीय प्रभाष बास्के र २६ वर्षीय फिलिप मर्डीलाई टाघनडुब्बा स्कुल टोलबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिए । 

निजहरूको साथबाट प्लास्टिकसहित एक ग्राम ७५ मिलीग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ६ भाद्र २०८३, शनिबार  ५ : २९ बजे

लागूऔषधसहित सात जना पक्राउ

बाँके– प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम

भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

जुम्ला– भोटेकोशीमा बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेका

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

काठमाडौँ – कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर