चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध « Khabarhub

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध


६ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि वीरगन्ज–पथलैया सडकखण्ड अवरुद्ध गरेका छन्।

गरिमालाई न्याय दिलाउन माग गर्दै स्थानीयवासीले आन्दोलनको चौथो दिन सिमरा खण्डमा टेन्ट टाँगेर धर्ना दिएका हुन्। सडक अवरुद्ध हुँदा उक्त सडकखण्डमा सवारी आवागमन प्रभावित भएको प्रहरीले जनाएको छ।

यसअघि बिहीबार राति स्थानीय प्रशासन, राजनीतिक दलका प्रतिनिधि तथा जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिको उपस्थितिमा आन्दोलनरत पक्षसँग पाँचबुँदे सहमति भएको थियो। तर, गरिमाको परिवारले उक्त सहमतिमा आफूहरूको सहभागिता र सहमति नरहेको जनाएको छ। परिवारले न्यायको माग गर्दै आन्दोलनलाई निरन्तरता दिएको हो।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१, भक्तिनगरकी तीन वर्षीया गरिमा साउन ३१ गते बिहानदेखि सम्पर्कविहीन भएकी थिइन्। उनको खोजी गर्ने क्रममा भदौ २ गते घरनजिकैको एक घरमा विभत्स अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गर्दै विभिन्न राजनीतिक दल तथा संघसंस्थाले समेत विरोध प्रदर्शन गर्दै आएका छन्। आन्दोलनकारीले बालिकाको हत्यामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याई पीडित परिवारलाई न्याय दिन माग गरेका छन्।

प्रकाशित मिति : ६ भाद्र २०८३, शनिबार  ५ : ५१ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार