प्रज्ञाको पुस्तक प्रदर्शनी यही असोज ९ गतेदेखि « Khabarhub

प्रज्ञाको पुस्तक प्रदर्शनी यही असोज ९ गतेदेखि


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा, साहित्य, कला, संस्कृति, दर्शन तथा ज्ञान–विज्ञानसम्बन्धी पुस्तक प्रवर्द्धनका लागि बृहत् प्रदर्शनी गर्ने भएको छ ।

पठन संस्कृतिको विकास तथा पाठक र प्रकाशकबीचको सम्बन्धलाई थप सुदृढ गर्ने उद्देश्यले यही असोज ९ गतेदेखि १८ गतेसम्म कमलादीस्थित प्रतिष्ठान परिसरमा बृहत् पुस्तक प्रदर्शनी–२०८३ आयोजना गर्न लागिएको प्राज्ञ परिषद् सदस्य नवीन अभिलाषीले जानकारी दिए । प्रदर्शनीमा ४० प्रतिशतसम्म सहुलियतमा पुस्तक बिक्री गरिने प्रतिष्ठानले जनाएको छ ।
  
प्रदर्शनीमा सरकारी तथा संस्थागत प्रकाशनका अतिरिक्त निजी प्रकाशन गृह, पुस्तक वितरक तथा सम्बन्धित संस्थाहरूलाई समेत कक्ष राखी आफ्ना प्रकाशन तथा पुस्तक प्रदर्शनी तथा बिक्री–वितरण गर्ने अवसर प्रदान गरिने जानकारी दिइयो ।

उक्त प्रदर्शनीमा सहभागी हुन चाहने इच्छुक प्रकाशन गृह तथा संस्थाहरूलाई सहभागिताका लागि प्रतिष्ठानले आह्वान गरेको छ । सहभागिताका लागि इच्छुक प्रकाशन गृह/संस्थाहरूले असोज ७ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ । 

इच्छुक प्रकाशन गृह/संस्थाले आफ्नो नाम, ठेगाना, सम्पर्क व्यक्ति, सम्पर्क नम्बर तथा इमेल ठेगाना खुल्ने गरी निवेदन पेस गर्नुपर्नेछ ।

प्रतिष्ठानका अनुसार, प्रदर्शनी कक्षमा नेपाली भाषा, साहित्य, कला, संस्कृति, इतिहास, दर्शन, समाजशास्त्र, बालसाहित्य, लोकसाहित्य तथा अन्य ज्ञानमूलक एवं सिर्जनात्मक विधाका पुस्तक प्राथमिकताका साथ राख्न सकिने छ ।

प्रत्येक सहभागी प्रकाशन गृह/संस्थालाई आयोजकले निर्धारण गरेको मापदण्ड तथा उपलब्धताका आधारमा प्रतिष्ठानले निःशुल्क कक्ष उपलब्ध गराउनेछ ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  १२ : ०६ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका