काठमाडौंका १० निर्वाचन क्षेत्र : ७ लाख १० हजार बढी मतदाता, २५७ उम्मेदवार « Khabarhub

काठमाडौंका १० निर्वाचन क्षेत्र : ७ लाख १० हजार बढी मतदाता, २५७ उम्मेदवार


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्घीय राजधानी रहेको काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा सात लाख १० हजार ७०८ मतदाता  कायम भएका छन् ।

यसमा महिला तीन लाख ६४ हजार, पुरुष तीन लाख ४६ हजार ११६ र सात रहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जनाएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौंमा मतदान स्थल ३२० र मतदान केन्द्र ८१७ कायम गरिएको जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए ।

काठमाडौं, निर्वाचन क्षेत्र नम्बर १ मा मतदान स्थल २२, मतदान केन्द्र ५७ छन् । यहाँ २५ हजार २५२ महिला र २३ हजार २३७ पुरुष गरी कुल ४८ हजार ८४९ मतदाता रहेका छन् ।

यसैगरी क्षेत्र नम्बर २ मा मतदान स्थल ४०, मतदान केन्द्र १०० छन् । यस क्षेत्रमा पुरुष मतदाता ४५ हजार ३१५ र महिला मतदाता ४३ हजार ३९३ गरी कुल मतदाता ८८ हजार ७०८ रहेको अधिकारीले जानकारी दिए । क्षेत्र नम्बर २ काठमाडौंको सबैभन्दा बढी मतदाता रहेको क्षेत्र हो ।

काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ मा मतदान स्थल २९ र मतदान केन्द्र ७२ तोकिएका छन् । यो निर्वाचन क्षेत्रमा महिला मतदाता ३२ हजार ९२३ र पुरुष मतदाता ३१ हजार ५५६ गरी कुल ६४ हजार ४७९ मतदाता रहेका छन् ।

क्षेत्र नम्बर ४ मा ३३ मतदान स्थल, ८८ मतदान केन्द्र छन् । यहाँ ३९ हजार ५९९ महिला र ३६ हजार ५४२ पुरुष गरी ७६ हजार १४१ मतदाता रहेका छन् ।

क्षेत्र नम्बर ५ मा मतदान स्थल ३१, मतदान केन्द्र ९० रहेका  छन् । ४० हजार ८३२ महिला, ३७ हजार २७८ पुरुष र अन्य चार गरी कुल मतदाता ७८ हजार ११४ रहेका छन् ।

क्षेत्र नम्बर ६ मा मतदान स्थल ३२, मतदान केन्द्र ७९ छन् । यहाँ महिला ३४ हजार ९५६, पुरुष ३२ हजार ८०२ र अन्य एक गरी कुल मतदाता ६७ हजार ७५९ रहेको छ ।

क्षेत्र नम्बर ७ मा मतदान स्थल २९, मतदान केन्द्र ७८ रहनुका साथै महिलाको संख्या ३४ हजार ७३८ र पुरुष ३२ हजार ६७३ गरी कुल ६७ हजार ४११ मतदाता रहेका छन् ।

क्षेत्र नम्बर ८ मा मतदान स्थल २३ र मतदान केन्द्र ६५ रहेका छन् । यहाँ महिलाको संख्या २९ हजार ८९८ र पुरुष २७ हजार ९१३ गरी कुल ५७ हजार ८११ मतदाता रहेका छन् ।

क्षेत्र नम्बर ९ मा ३४ मतदान स्थल र मतदान केन्द्र ९० छन् । महिला ४० हजार २७८ र पुरुष ३८ हजार २१७ गरी कुल ७८ हजार ४९५ रहेका छन् ।

यस्तै, क्षेत्र नम्बर १० मा मतदान स्थल ४७ र मतदान केन्द्र ९८ रहेका छन् । यहाँ महिला मतदाता ४२ हजार ७१६, पुरुष ४० हजार ५८३ र अन्य दुई गरी कुल मतदाता ८३ हजार ३०१ रहेका छन् ।

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा गरी २५७ उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका छन् । जस अन्तर्गत क्षेत्र नम्बर १ मा ३० जनाले उम्मेदवारी दिएका छन् । यस्तै, क्षेत्र नम्बर २ मा २२, क्षेत्र नम्बर ३ मा २४, क्षेत्र नम्बर ४ मा २८, क्षेत्र नम्बर ५ मा २७, क्षेत्र नम्बर ६ मा २२, क्षेत्र नम्बर ७ मा २८, क्षेत्र नम्बर ८ मा २२, क्षेत्र नम्बर ९ मा २७ र क्षेत्र नम्बर १० मा पनि २७ उम्मेदवारले मनोनयन पत्र दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  १२ : ०१ बजे

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

कलाकारलाई चुनावी चस्का : अंगरक्षकदेखि प्रतिस्पर्धीसम्म !

काठमाडौं – देश चुनावमा होमिदा आम जनतामा जस्तै कलाकारहरुको पनि

भारतमा निपाह भाइरसको सङ्क्रमण पुष्टि, नेपालमा उच्च सतर्कता 

काठमाडौं– भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपाल

अफ्रीकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु

एजेन्सी– अफ्रीकाको पूर्वी बुर्किना फासोमा सशस्त्र समूहहरूले गरेको आक्रमणमा कम्तिमा