आजका समाचार : जाँचबुझ आयोगको म्याद २० दिन थपियो, रेशम चौधरीको उम्मेदवारी खारेज र ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा वार्ता हुने « Khabarhub

आजका समाचार : जाँचबुझ आयोगको म्याद २० दिन थपियो, रेशम चौधरीको उम्मेदवारी खारेज र ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा वार्ता हुने


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

जाँचबुझ आयोगको म्याद २० दिन थपियो
सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगको म्याद थप गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको आयोगको म्याद बिहीबार नै सकिने भएपछि सरकारले म्याद थप गरेको हो ।

भदौमा तीन महिनाको कार्यादेशसहित गठन भएको आयोगको काम नसकिएपछि यसअघि एक महिना म्याद थप गरिएको थियो । प्रतिवेदन लेखनको कार्य सकिन बाँकी रहेकाले आयोगको आग्रह अनुसार मन्त्रिपरिषद्ले म्याद थपको निर्णय गरेको हो ।

त्यस्तै मन्त्रपरिषद्ले सिद्धार्थ राजमार्गको बुटबल–पोखरा खण्ड सुधार आयोजनाको तयारीका लागि एसियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको मन्त्री अर्यालले जानकारी दिए ।

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

प्रधानमन्त्रीद्वारा संसद् भवनमा सहिदको सालिक राख्ने विषयमा जानकारी

स्वागत नेपालालई बोलायो साइबर ब्यूरोले, राप्रपा भन्छ : सरकारले नियोजित दबाब दिन खोज्यो

सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त

कांग्रेस नफुटोस् भनेर मध्यमार्गी धार अपनाए : शेखर कोइराला

भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन : महानिरीक्षक कार्की 

खारेज भयो रेशम चौधरीको उम्मेदवारी

कैलाली क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको छ। कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएर जेल सजायसमेत भोगिसकेका उनको उम्मेदवारी बिहीबार निर्वाचन आयोगले खारेज गरिदिएको हो ।

जिल्ला निर्वाचन अधिकृकतको कार्यालयले बिहीबार एक वक्तव्य जारी गर्दै नागरिक उन्मुक्ति नेपालका संरक्षक चौधरीको उम्मेदवारी खारेज भएको जानकारी दिएको हो ।

चौधरी कैलालीको टीकापुर हत्याकाण्डका प्रमुख दोषी हुन् । उनले उक्त प्रकरणमा सर्वोच्च अदालतबाट समेत दोषी ठहर भएर सजाय भोगिसकेका छन् ।

सभापति बनेपछि पहिलो पटक सानेपा छिर्दै गगन, त्यसपछि सर्लाही ४ जाने

गुरू घिमिरेको दाबी : कांग्रेसले प्रत्यक्षमा सय सीट र समानुपातिकमा ३५ लाख भोट ल्याउँछ

योगेश भन्छन् : अहिले च्याउसरी उम्रिएका पार्टीहरूको बिउ कहाँको भन्ने शंका छ

वैशाखमा पार्टीको नियमित महाधिवेशन हुँदैन : गुरुराज घिमिरे

एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने 

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम् झापा–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन साह इलाम पुगेका छन्।

रास्वपाले भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारेका बालेन बिहीबार बिहान इलाम पुगेका हुन्।झापामा मंगलबार मनोनयन दर्ता गरेर बुधबार झापाका मतदातासँग छलफल गरेका बालेन बिहीबार इलाम पुगेका हुन्।

इलाम पुग्दा बालेनले इलाम–१ का रास्वपा उम्मेदवार विमल गदाल र इलाम– २ का उम्मेदवार गोकुलबहादुर राईसँग इलाम सदरमुकाम इलाम बजारमा भेट गरेका छन् । बालेन इलाम पुग्दा उनलाई भेट्ने र सँगै फोटो खिँच्दै हात मिलाउनेको भीड लागेको थियो ।

उनी आजै पाँचथर पुग्ने कार्यक्रम रहेको छ।उनी पाँचथर सदरमुकाम फिदिममा आयोजित कार्यक्रममा उपस्थित हुनेछन्।

बालेनलाई सघाउन गएका युवासंघका नेता २४ घण्टामै एमालेमा फर्किए

कुलमानलाई धक्का, डकेन्द्रसहित तीन नेताले छाडे उज्यालो नेपाल

‘अराजकताको आयु लामो हुँदैन, विध्वंश मच्चाउनेहरू कारबाहीमा पर्छन्’

शेखरको दाबी : विशेष महाधिवेशनमा नगएर कांग्रेसलाई फुट्नबाट जोगाएँ

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र

फिदिममा रास्वपाका लागि बालेनको घरदैलो (तस्बिरहरू)

काठमाडौंका १० निर्वाचन क्षेत्र : ७ लाख १० हजार बढी मतदाता, २५७ उम्मेदवार

सङ्घीय राजधानी रहेको काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा सात लाख १० हजार ७०८ मतदाता कायम भएका छन् ।

यसमा महिला तीन लाख ६४ हजार, पुरुष तीन लाख ४६ हजार ११६ र सात रहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जनाएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौंमा मतदान स्थल ३२० र मतदान केन्द्र ८१७ कायम गरिएको जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए ।

काठमाडौं, निर्वाचन क्षेत्र नम्बर १ मा मतदान स्थल २२, मतदान केन्द्र ५७ छन् । यहाँ २५ हजार २५२ महिला र २३ हजार २३७ पुरुष गरी कुल ४८ हजार ८४९ मतदाता रहेका छन् ।

प्रतिनिधिसभा निर्वाचन : आज उम्मेदवारमाथिको उजुरी जाँच गरिँदै

प्रतिनिधिसभा निर्वाचन : काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

मुस्ताङमा उम्मेदवारविरुद्ध कसैको परेन उजुरी

भौतिक मन्त्रालयलाई मुख्यमन्त्री कँडेलको निर्देशन : रुग्ण आयोजनाको ठेक्का तोड्नुस्

मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम हुँदै

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा अमेरिका र डेनमार्कबीच फेरि वार्ता हुने
अमेरिका र डेनमार्कबीच सन् १९५१ को ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा पुनः वार्ता गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क रुटबीच भएको वार्ताबारे जानकार एक स्रोतले बिहीबार एएफपीलाई बताएको छ ।

स्रोतले भनेको छ, ‘युरोपेली सहयोगीहरूले पनि आर्कटिक सुरक्षा बढाउनेछन्, तर अमेरिकी सार्वभौमिकताको अधीनमा ग्रीनल्याण्डमा अमेरिकी आधारहरू राख्ने बारेमा छलफल भएको छैन।’

‘सन् १९५१ को सम्झौतामा पुनः वार्ता हुनेछ,’ स्रोतले बताएको छ।

सन् २००४ मा अद्यावधिक गरिएको रक्षा सम्झौताले डेनमार्क र ग्रिनल्याण्डका अधिकारीहरूलाई पहिले नै सूचित गरी वासिङ्टनलाई आफ्नो सेना तैनाथ गर्न स्वतन्त्रता दिएको छ।

ग्रिनल्याण्डको उत्तरपश्चिममा रहेको पिटुफिक अन्तरिक्ष अखडा अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको महत्वपूर्ण कडी हो ।ट्रम्पले बुधबार डाभोसमा विश्व आर्थिक मञ्चमा रुटसँगको वार्तापछि सम्झौताको आधारभूत खाकाको घोषणा गरेका थिए ।

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

जापानद्वारा विश्वको सबैभन्दा ठूलो आणविक संयन्त्र स्थगित

पूर्वी अस्ट्रेलियामा गोली हानाहान हुँदा तीन जनाको मृत्यु

ग्रिनल्यान्डको सार्वभौमसत्ताबारे वार्ता हुँदैन : डेनमार्क

अफ्रीकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु

हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश

ट्रम्पको कदमपछि युरोपमा राहत

अफगानिस्तानमा भएको आक्रमणको राष्ट्रसंघीय सुरक्षा परिषदद्वारा निन्दा






















प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  ७ : ५५ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज