बाँकेमा विपद् व्यवस्थापनमा अभ्यास « Khabarhub

बाँकेमा विपद् व्यवस्थापनमा अभ्यास


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेको नेपालगञ्जमा ‘फायर बाइक’देखि स्वयंसेवकसम्म विपद् व्यवस्थापनमा नयाँ अभ्यास गरिएको छ । ‘विपद् जोखिम र व्यवस्थापनमा मिडिया वकालत’ विषयक अन्तरक्रियामा सो अभ्यास भएको जानकारी दिइएको हो । 

सो अवसरमा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा डिल्लीराज अर्यालले विपद्मा बहुआयामिक विश्लेषण गरेर योजना तर्जुमा गर्न आवश्यक रहेको उल्लेख गर्दै प्रदेश सरकारले विपद्लाई उच्च प्राथमिकतामा राखेको बताए । 

उनले विपद्का कतिपय जोखिम नियन्त्रण बाहिर रहेकाले चनाखो हुन आग्रह गर्दै यसका लागि विपदको पूर्वतयारी आवश्यक भएको धारणा व्यक्त गरे । 

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले विपद्का विभिन्न क्षेत्रमा उपमहानगरपालिकाले सुपर परियोजनासँग सहकार्य गरेको जानकारी दिँदै नेपालगन्जमा ‘हिट वेभ’ कार्ययोजना प्रभावकारी बनाउन थालिएको बताए । उनले भने, ‘विपद्को विषय तीन तहका सरकारको साझा दायित्व हो ।’

दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले नेपालगन्ज उपमहानगरपालिकाले गरिरहेका असल अभ्यासको आफूहरूले पनि अनुकरण गर्ने बताउँदै आफ्नो पालिकाले गरिरहेका अभ्यासबारे पनि जानकारी गराएका थिए ।

आगलागी भएको अवस्थामा नेपालगन्ज उपमहानगरपालिकामा तीन दमकल, एउटा फायर ब्रिगेड बाइक रहेको छ ।

उपमहानगरपालिकाको दमकल शाखाका इन्चार्ज झैनबहादुर खड्काले नेपालगन्जमा विद्युतीय अनियमितताका कारण धेरै आगलागीका घटना भएको जानकारी दिँदै सूचना प्राप्त हुनासाथ दमकल घटनास्थलमा पुगको बताए ।
 
विपद्का घटनाको अध्ययन र विश्लेषणका आधारमा नेपालगन्ज उपमहानगरपालिका वडा नं ३ र ७ लाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको छ । 

पुरानो बस्ती, माटोका घर र साँघुरा बाटोका कारण यहाँ जोखिम बढी देखिएको सुपर परियोजना कार्य सञ्चालन केन्द्रका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

ती दुई वडामा ४०० जनालाई ‘सामुदायिक विपद् स्वयंसेवक’का रूपमा तयार पारिएको र उनीहरूलाई आगलागी नियन्त्रण, भूकम्प तथा डुबानबाट सुरक्षित रहने उपायबारे तालिम दिइएको उनको भनाइ छ । 

पश्चिम नेपालको प्रमुख सहरका रूपमा विकसित हुँदै गएको नेपालगन्जमा अव्यवस्थित सहरीकरणले जोखिम झन् बढाएको छ । यस जिल्लामा करिब २५ हजार घरपरिवारका ए लाख ५० हजार नागरिक विभिन्न विपद्बाट प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ । रासस 

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  १२ : १९ बजे

१८ वस्तुगत संघ तथा महासंघले नेपाल उद्योग वाणिज्य महासंघ कार्यालय अगाडि प्रदर्शन

काठमाडौं– १८ वस्तुगत संघ तथा महासंघले नेपाल उद्योग वाणिज्य महासंघ कार्यालय

‘यस पटकको निर्वाचनप्रति कसैको ‘सिकायत’ रहेन’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गत फागुन २१

गृहमन्त्रीको राजीनामा सकारात्मक, विवादबारे निष्पक्ष छानबिन होस् : भीमार्जुन आचार्य

काठमाडौं– संविधानविद भीमार्जुन आचार्यले गृहमन्त्रीको राजीनामा आएपछि सरकार सकारात्मक बाटोमा

रवि-बालेनले सुधनलाई भनेका थिए : हटाउनुभन्दा आफैं मार्ग प्रशस्त गरिदिनू

काठमाडौं– चौतर्फी विवाद भएपछि गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन्।

गृहमन्त्री गुरुङले राजीनामा दिँदै भने- शेयरसम्बन्धी विवादमा निष्पक्ष छानबिन होस्

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले पदबाट राजीनामा दिएका छन्। उनले दीपक