कर्मचारी संयन्त्रलाई उत्तरदायी र जनमुखी बन्‍न सरकारको कडा निर्देशन « Khabarhub

कर्मचारी संयन्त्रलाई उत्तरदायी र जनमुखी बन्‍न सरकारको कडा निर्देशन


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई निर्देशन दिएको छ।

मन्त्रालयकी सचिव चन्द्रकला पौडेलद्वारा जारी पत्रमा नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत ‘शासकीय सुधारका एकसय कार्यसूची’ अन्तर्गत बुँदा नं. १३ कार्यान्वयनमा जोड दिइएको छ।

साशकीय सुधारको १३ नम्बर बुँदामा भनिएको छ, ‘विद्यमान भ्रष्टाचार, ढिलासुस्ती तथा सेवाग्राहीप्रति असहज व्यवहारजस्ता प्रवृत्तिहरूको सुधार गर्दै कर्मचारीतन्त्रलाई उत्तरदायी, सेवामुखी, जनमुखी र उदाहरणीय बनाउन कर्मचारी आचारसंहिताको अक्षरशः कार्यान्वयन गर्ने। साथै, कर्मचारीहरूले व्यावसायिक मर्यादा कायम राख्दै निष्पक्ष, तटस्थ र सरकारका निर्णयहरूको प्रभावकारी कार्यान्वयनमा समर्पित भई काम गर्ने वातावरण सुनिश्चित गर्ने।’

उक्त बुँदाले भ्रष्टाचार, ढिलासुस्ती तथा सेवाग्राहीप्रति असहज व्यवहार अन्त्य गर्दै कर्मचारीतन्त्रलाई उत्तरदायी, सेवामुखी र जनमुखी बनाउने लक्ष्य राखेको छ।

यसका साथै, कर्मचारीहरूले पेशागत मर्यादा कायम राख्दै निष्पक्ष र तटस्थ ढंगले सरकारका निर्णय कार्यान्वयनमा समर्पित हुनुपर्ने उल्लेख गरिएको छ।

मन्त्रालयले निजामती सेवा ऐन, २०४९, निजामती सेवा नियमावली, २०५० र निजामती सेवाका कर्मचारीको आचरणसम्बन्धी नियमावली, २०६५ लगायत प्रचलित कानूनअनुसार स्वीकृत आचारसंहिताको पूर्ण पालना गराउने तथा नियमित अनुगमन गर्न निर्देशन दिएको छ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  १२ : ५४ बजे

प्रदेश सरकार सञ्चार क्षेत्रको समग्र विकासको पक्षमा छ : मुख्यमन्त्री शाह

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार सञ्चार क्षेत्रको

प्रचण्डको टिप्पणी- गृहमन्त्रीले राजीनामा दिएर राम्रो गरे

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीले पदबाट

ताकम–हिलापोखरी–सोलवाङ सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक स्तरोन्नति

नेप्से परिसूचकमा सामान्य गिरावट, कारोबार सात अर्ब नाघ्यो

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट देखिएको

ट्राफिकद्वारा काठमाडौंमा २४ घण्टामा २३ लाख २० हजार राजस्व संकलन

काठमाडौं– काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकहरूमाथि कडाइ