एमाले सचिवालय : शुक्रबार पाँच उपाध्यक्ष बोले, शनिबार अध्यक्ष ओलीसहित अन्य पदाधिकारीले बोल्ने « Khabarhub

एमाले सचिवालय : शुक्रबार पाँच उपाध्यक्ष बोले, शनिबार अध्यक्ष ओलीसहित अन्य पदाधिकारीले बोल्ने


८ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको शुक्रबार बसेको सचिवालय बैठकमा पाँचजना उपाध्यक्षहरूले बोलेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीको गुन्डुस्थित निवासमा बसेको यस बैठकमा पाँचजना उपाध्यक्षले मात्रै बोलिसकेका हुन् ।

यो बैठकबाट नेताहरूको कार्यविभाजनको टुंगो गरिने योजना थियो। गत सोमबार नै अध्यक्ष ओलीले कार्यविभाजन प्रस्ताव गरिसकेका छन् ।

बैठकमा सहभागी एकजना उपमहासचिवका अनुसार शनिबार बिहान ११ बजे बस्ने गरी बैठक सकिएको हो। शनिबारको बैठकमा अध्यक्ष ‌ओ‌लीसहित सचिवालयका अन्य १२ जनाले बोल्ने छन्।

शुक्रबारको बैठकमा पाँचजना उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त र गोकर्ण बिष्टले आफ्नो विचार राखे ।

शनिबारको बैठकमा अध्यक्षसहित महासचिव, उपमहासचिव र सचिवसहित १२ जनाले बोल्ने छन्।

नेतृत्व छाड्न दबाब बढेकाा बेला अध्यक्ष ओलीले आफ्नो आलोचना र विरोधमा उत्रिँदै आएका केही शीर्ष नेतासहितलाई कारबाहीको तयारीसमेत गरेका छन् ।

ओलीले यही बैठकबाट मंसिर २०८२ मा भएको एघारौँ महाधिवेशनबाट निर्वाचित नेताहरूको वरीयता निर्धारण गराउँदैछन्।

अर्कातिर निर्वाचन समीक्षासहित विभिन्न विभागमा जिम्मेवारी पनि तोकिँदैछ। एमालेले संविधान संशोधनसम्बन्धी छलफलका लागि टोलीसमेत बनाउँदैछ ।

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  ६ : ०४ बजे

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण