बलुचिस्तानका प्रख्यात साहित्यकारको हत्या « Khabarhub

बलुचिस्तानका प्रख्यात साहित्यकारको हत्या


८ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलुचिस्तानका प्रख्यात साहित्यकार प्राध्यापक मोहम्मद खान (गमख्खार हयात) को हत्या भएको छ। प्रहरीका अनुसार उनी क्वेटा जाँदै गर्दा किल्ली मेङ्गल नजिकै अज्ञात सशस्त्र आक्रमणकारीहरूले उनीमाथि गोली प्रहार गरेका थिए ।

घटनालगत्तै आक्रमणकारीहरू घटनास्थलबाट फरार भएका थिए । सूचना पाएपछि घटनास्थल पुगेको प्रहरीले शवलाई शिक्षण अस्पताल नुश्की पुर्‍याएको थियो र कानुनी प्रक्रिया पूरा गरी परिवारलाई हस्तान्तरण गरेको छ । प्रहरीले यस हत्याको अनुसन्धान सुरु गरिसकेको छ।

प्राध्यापक हयात डिग्री कलेज नुश्कीमा सह-प्राध्यापकका रूपमा कार्यरत थिए। ब्राहुई र बलोची दुवै भाषामा एक प्रतिष्ठित लेखक, कवि, कथाकार र अनुवादकका रूपमा उनको ठूलो सम्मान थियो।

उनले १५ भन्दा बढी पुस्तकहरू लेखेका थिए भने धेरै महत्त्वपूर्ण साहित्यिक कृति र लेखहरू बलोची भाषामा अनुवाद गरेका थिए। उनको कविताको ठूलो हिस्सा भने ब्राहुई भाषामा रचिएको थियो।

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  ६ : ५९ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको