धर्मशालाबाट तिब्बती युथ कंग्रेसले सुरु गर्‍यो विश्वव्यापी शृङ्खलाबद्ध प्रदर्शन « Khabarhub

धर्मशालाबाट तिब्बती युथ कंग्रेसले सुरु गर्‍यो विश्वव्यापी शृङ्खलाबद्ध प्रदर्शन


७ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तिब्बती युथ कंग्रेसले हिमाचल प्रदेशको धर्मशालाबाट विश्वव्यापी शृङ्खलाबद्ध प्रदर्शनको अभियान सुरु गरेको छ । तिब्बती कार्यकर्ता लोब्गा राङ्जेनको स्मृति र चीनको ‘जातीय एकता तथा प्रगति प्रवर्द्धन कानुन’ को विरोधमा २४ घण्टे शृङ्खलाबद्ध अनशनबाट यो अभियानको थालनी गरिएको हो ।

धर्मशालास्थित सुग्लागखाङ नजिकै तिब्बती युथ कंग्रेसका पूर्व पदाधिकारीहरू तथा अन्य तिब्बती कार्यकर्ताहरूले उक्त अनशन बसेका थिए । तिब्बती युथ कंग्रेसका अनुसार यस विश्वव्यापी अभियानले विश्वभर समन्वयात्मक प्रदर्शन, क्यान्डल लाइट जुलस, जनसभा, सचेतनामूलक कार्यक्रम, कूटनीतिक पहुँच र अन्य अहिंसात्मक गतिविधिहरू मार्फत तिब्बतको मानव अधिकारको अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने लक्ष्य राखेको छ ।

गत जुलाई २ तारिखमा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय मुख्यालय बाहिर आत्मदाह गरी निधन भएका कार्यकर्ता लोब्गा राङ्जेनको सम्झनामा यो विश्वव्यापी अभियान सुरु गरिएको संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनको अन्तिम विरोध अन्तर्राष्ट्रिय समुदायको विवेकको आह्वान र तिब्बत एक कब्जा गरिएको राष्ट्र हो भन्ने स्मरण गराउने प्रयास रहेको विज्ञप्तिमा जनाइएको छ ।

संस्थाले चीनको ‘जातीय एकता तथा प्रगति प्रवर्द्धन कानुन’ को पनि आलोचना गरेको छ । सरकारले कुनै पनि राष्ट्रको पहिचानलाई कानुन बनाएर मेटाउन नसक्ने र कुनै जनताको भाषा, संस्कृति, इतिहास तथा आध्यात्मिक विरासतलाई मेटाउने उद्देश्य राखेको नीति एकता नभई राज्यद्वारा लादिएको आत्मसातीकरण भएको संस्थाले बताएको छ ।

एएनआईसँग कुरा गर्दै तिब्बती युथ कंग्रेसका पूर्वअध्यक्ष तथा वर्तमान सांसद गोन्पो धुन्दुपने यो अनशन लोब्गा राङ्जेनको बलिदानलाई सम्मान गर्न र तिब्बती आन्दोलनलाई निरन्तरता दिन लक्षित रहेको बताए । उनले सही स्वतन्त्रता बहाल नभएसम्म तिब्बती जनताले प्रतिरोध र संघर्ष जारी राख्ने सन्देश चिनियाँ कम्युनिष्ट सरकारलाई दिन चाहेको उल्लेख गरे ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहीबार  ६ : ५२ बजे

पत्रकारितालाई मर्यादित एवं व्यावसायिक पेसा बनाइनुपर्नेमा जोड

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारितालाई मर्यादित एवं

रैथाने बाली संकटमा, कालो भट्टको बीउ गाउँबाटै हरायो

पाल्पा– माथागढी गाउँपालिका ओलेसका किसानले उब्जाउ गर्नै गरेको स्थानीय दानाको

गगनको निम्तो स्वीकारेका मीनले भने- देउवालाई सर्वोच्च नेता स्वीकार्न हामी सबै तयार छौँ

काठमाडौं– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टी विभाजन हुन नदिन

योगेशले लिखित रुपमै भने : पार्टीले धक्का खाएको छ, ओलीले नेतृत्वबाट बिदा लिनु पर्छ

काठमाडौं- नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टीको जारी केन्द्रीय