एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी « Khabarhub

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी


७ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एथेन्स– ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण गर्ने पर्यटकबीच घामबाट बच्ने टोपीको माग बढेको छ ।

एक्रोपोलिसतर्फ जाने उकालो बाटो तथा आसपासका पसल र किओस्कहरूमा परालका टोपी, पानामा ह्याट, बेसबल क्याप र बकेट ह्याटका स्ट्यान्ड देखिन थालेका छन् । 

दिउँसोको चर्को घामबाट जोगिन पर्यटकहरूले टोपीलाई आवश्यक सामग्रीका रूपमा प्रयोग गर्न थालेका छन् ।

सन् २०२५ मा एक्रोपोलिसमा करिब ४६ लाख पर्यटक पुगेका थिए । धेरै पर्यटकले छायाँको अभावमा ३० डिग्री सेल्सियसभन्दा बढी तापक्रममा घण्टौँ बिताउने गरेका छन् ।

अस्ट्रेलियाली पर्यटक ज्याक योसिफले घामबाट बच्न टोपी आवश्यक भएको बताए । ‘मेरो अनुहार घामले रातो भइसकेको छ । अहिले टोपी लगाउनु सामान्य भएको छ र मानिसहरू पनि यसप्रति बढी सचेत भएका छन्’, उनले भने ।

गत वर्ष ग्रीसमा करिब तीन करोड ८० लाख पर्यटक पुगेका थिए । अत्यधिक गर्मीका बाबजुद पर्यटकको सङ्ख्या बढ्दै गएपछि स्वास्थ्यकर्मीहरूले घामबाट बच्ने उपाय अपनाउन आग्रह गरेका छन् ।

एक्रोपोलिसमा रेडक्रसका स्वयंसेवकहरूले पर्यटकलाई सनस्क्रिन, पानी, जानकारीमूलक पर्चा तथा टोपी वितरण गर्दै आएका छन् ।

 स्वास्थ्यकर्मीहरूले पराबैजनी किरणको असर तथा ‘हिट स्ट्रोक’बाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।

सिन्टाग्मा स्क्वायरका किओस्क सञ्चालक कोन्स्टान्टिनोस मालिओसले पछिल्ला वर्षमा टोपीको बिक्री बढेको बताए । उनका अनुसार टोपीको मूल्य छ युरोदेखि २० युरोसम्म पर्छ ।

यसैबीच, टोपी निर्माता लिसा सारिगियानिडोउले परम्परागत शैलीका परालका टोपी उत्पादन गर्दै आएकी छन् । उनका टोपीको मूल्य करिब ५० युरोबाट सुरु हुने र विशेष डिजाइनका टोपीको मूल्य १०० युरोभन्दा बढी पर्ने उहाँले बताइन् ।

‘टोपीप्रतिको मानिसहरूको दृष्टिकोणमा परिवर्तन आएको छ’, उनले भनिन् । रासस

प्रकाशित मिति : ७ भाद्र २०८३, आइतबार  १२ : ४३ बजे

इरानी राष्ट्रपति भन्छन् : अर्को भेनेजुएला बनाउन आएको अमेरिका हाम्रो प्रतिरोधले चकित बन्यो

तेहरान- इरानी राष्ट्रपति मसुद पेजेस्कियनले इरानलाई अर्को भेनेजुएला बनाउने प्रयास

अफवाहले हैरान गोविन्दाले दिए मिडियालाई चेतावनी, ‘यस्ता काम नरोकिए १०० करोडसम्म क्षतिपूर्ति माग्छु’

काठमाडौं– बलिउडका चर्चित अभिनेता गोविन्दा पछिल्लो समय आफ्नो फिल्मी करियरभन्दा

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका

दमास्कसबाहिर इजरायली ड्रोन आक्रमणको कुवेतद्वारा निन्दा

कुवेत सिटी- कुवेतले सिरियाको राजधानी दमास्कसको दक्षिणपश्चिमस्थित एक गाउँमा सर्वसाधारण

अमेरिकासँग मिलेर सरकारविरोधी प्रदर्शन गरेको आरोपमा एक जनालाई इरानमा मृत्युदण्ड

तेहरान- इरानले अमेरिकासँगै इजरायलको पक्षमा काम गरेको आरोप लागेका एक