बाराबाट हराएकी दुई वर्षीया बालिका १२ घण्टापछि सकुशल फेला « Khabarhub

बाराबाट हराएकी दुई वर्षीया बालिका १२ घण्टापछि सकुशल फेला


७ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– कलैया उपमहानगरपालिका–१ कटि पर्सा टोलबाट हराएकी दुई वर्षीया बालिकालाई प्रहरीले रातभर खोजतलास गरी सकुशल फेला पारेको छ ।

कटि पर्सा टोल निवासी मुकेश कुमार मण्डलकी करिब दुई वर्षीया छोरी बिन्दी कुमारी मण्डल शनिबार साँझ करिब ५ः३० बजे आफ्नै घरअगाडिबाट हराएकी थिइन् ।

बालिकाका हजुरबुवा मदन मण्डलले राति ८ः४५ बजे अस्थायी प्रहरी पोस्ट बसपार्क, बारामा जानकारी गराएपछि प्रहरीले तत्काल खोजतलास सुरु गरेको थियो ।

बालिकाको खोजीका लागि प्रहरीले रातभर विभिन्न समूहमा टोली परिचालन गरेको थियो ।

 कुकुरसहितको प्रहरी टोलीसमेत परिचालन गरी खोजी तीव्र पारिएको थियो ।

खोजीका क्रममा आइतबार बिहान करिब ५ः४५ बजे कलैया उपमहानगरपालिका–२६ सिस्वास्थित बाटोमा बालिकालाई सकुशल फेला पारिएको प्रहरीले जनाएको छ ।

फेला परेकी बालिकालाई बिहान ११ बजे उनका बुबा मुकेश कुमार मण्डल र हजुरआमा सावित्री मण्डलको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८३, आइतबार  १ : २५ बजे

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी

अमेरिकाबाटै कलाकारिता गर्दै धुर्मुस–सुन्तली, सिरियल ‘म त मर्छु कि क्या हो’ ल्याउने

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने क्रममा ऋणमा

प्रचण्डको निष्कर्ष : कम्युनिस्ट आन्दोलन जोगाउन अब एकताको विकल्प छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको

नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभिएल) को ट्रफी सार्वजनिक गरिएको छ