जेन-जी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभूति गरेनन् : प्रभु साह  « Khabarhub

जेन-जी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभूति गरेनन् : प्रभु साह 


७ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले जेन-जी आन्दोलन बेवारिसे भएकै कारण देश अगाडी बढ्न नसकेको बताएका छन् । 

ललितपुरको कुपण्डोलमा आज ९ दलिय अग्रगामी मोर्चाको युवा, महिला, तथा मिडिया एवं आईटी मोर्चाको बैठकलाई सम्बोधन गर्दै जेन-जी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभूति गर्न नसकेको उनले बताए ।  

देशको राजनीतिक र सामाजिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै अध्यक्ष साहले युवाहरूको जेन-जी आन्दोलन बेवारिसे र हाइज्याक हुनु तथा महिला अधिकारको मामिलामा राज्य अनुदार हुनु नै देश पछाडि पर्नुको मुख्य कारण रहेको बताए । 

नेपालको पछिल्लो राजनीतिक परिवर्तनमा युवा पुस्ताको जेन-जी आन्दोलनको भूमिका महत्त्वपूर्ण भए पनि जेन-जी आन्दोलनको माग सम्बोधन हुन नसकेको बताए । आन्दोलन सफल भए पनि त्यसलाई सही दिशा दिने नेतृत्व नहुँदा देश अगाडि बढ्न नसकेको तर्क उनले गरे । 

‘युवाहरूले व्यवस्था बदल्न र बेथितिका विरुद्ध आवाज उठाए, तर आज त्यो जेन-जी आन्दोलन बेवारिसे बनेको छ,’ आजपा अध्यक्ष साहले भने, ‘जबसम्म युवाहरूको ऊर्जा र एजेन्डालाई संस्थागत गरिँदैन, तबसम्म देशले विकासको गति लिन सक्दैन ।’

वर्तमान सरकार र पुराना राजनीतिक दलहरूमाथि प्रहार गर्दै अध्यक्ष साहले युवाहरूको बलिदानी र आक्रोशबाट सिर्जित आन्दोलनलाई सत्तास्वार्थका लागि ‘हाइज्याक’ गरिएको गम्भीर आरोप लगाए ।

‘जनताले व्यवस्था परिवर्तनसँगै आफ्नो जीवनस्तरमा बदलाव चाहेका थिए । तर आन्दोलनको भावनालाई शहरिया ‘नटवरलालहरुले’ हाइज्याक गरे । जेन-जी आन्दोलनले व्यवस्थामा व्यापक परिवर्तन खोजेका थिए, तर त्यो परिवर्तन भएन । परिणामस्वरूप, सत्तामा पात्रहरू बदलिए पनि प्रवृत्ति बदलिएन र आम जनताले अझै पनि कुनै सकारात्मक बदलावको अनुभूति गर्न पाएका छैनन्,’ आजपा अध्यक्ष साहले भने । 

यस्तै, उनले नेपालमा ५१ प्रतिशत जनसंख्या रहेको महिलालाई ३३ प्रतिशत मात्रै हकअधिकार दिनु पनि विभेद भएको बताए । संविधान र कानुनमा व्यवस्था गरिएको ३३ प्रतिशत महिला सहभागिताको प्रावधानलाई उनले न्यायसंगत नभई विभेदकारी भएको टिप्पणी गरे । 

‘देशमा ५१ प्रतिशत जनसंख्या महिलाको छ, तर उनीहरूलाई ३३ प्रतिशत मात्र हक दिनु कसरी न्याय हुन्छ ? यो सरासर विभेद हो,’ आजपा अध्यक्ष साहले भने । जनसंख्याको अनुपातमा महिलाहरूलाई पूर्ण अधिकार र समान सहभागिता दिनुपर्ने उनले बताए । राज्यको हरेक क्षेत्र एवं अंगमा महिलालाई जनसंख्याको अनुपातमा समान सहभागिता गराउन अहिलेको व्यवस्था फाल्नुको विकल्प नभएको उनले बताए ।

अध्यक्ष साहले वर्तमान सरकार जनअपेक्षा सम्बोधन गर्न पूर्ण रूपमा असफल असफल हुँदै गइरहेको बताए । सुशासन, रोजगारी सिर्जना र सामाजिक न्यायका मुद्दामा सरकार कुहिरोको काग जस्तै बनेको भन्दै उनले अग्रगामी मोर्चा र आम जनता पार्टीले यी बेथितिहरूका विरुद्ध निरन्तर सडकबाट दबाब दिइरहने चेतावनी समेत दिए ।

प्रकाशित मिति : ७ भाद्र २०८३, आइतबार  ४ : ३३ बजे

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले

‘हामीले बितेका ३५ वर्षको हिसाब खोज्ने होइन, भोलिका ३५ वर्षको योजना बनाउन थालौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौं– लामखुट्टेको टोकाइबाट सर्ने जापनिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा मृत्यु

चुनदेवीबाट गगनविरुद्ध सक्रियता बढाउँदै देउवा (तस्बिरहरू)

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशन तयारी अघि

जेन-जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर– गत वर्षको जेन-जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान