इटहरीमा एम्बुलेन्सभित्र भेटियो साढे चार क्विन्टल गाँजा « Khabarhub

इटहरीमा एम्बुलेन्सभित्र भेटियो साढे चार क्विन्टल गाँजा


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित कोशी लोकमार्गमा बेवारिसे अवस्थामा छाडिएको एक एम्बुलेन्सबाट प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार प्रहरी चौकी तरहराबाट खटिएको टोलीले असोज ६ गते मङ्गलबार राति ११:१५ बजे तरहरा पानीपिया जङ्गलको ४ नम्बर ट्याङ्कस्थित कोशी लोकमार्गमा बेवारिसे अवस्थामा रहेको बा २ च ९५७३ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएको हो।

‘त्रिवेणी सांस्कृतिक समूह’ लेखिएको उक्त एम्बुलेन्स जाँच गर्दा प्लाष्टिकको पोका बनाएर राखिएको ४ सय ५० किलोग्राम लागू औषध गाँजा फेला परेको प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजा र एम्बुलेन्सलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर थप अनुसन्धान अघि बढाइएको सुनसरी प्रहरीका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ११ : २२ बजे

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६