सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा « Khabarhub

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको छ। राप्रपाले आगामी असोज २१ गते एकैदिन सातवटै प्रदेशको अधिवेशन गर्ने मिति तय गरेको छ।

मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको राप्रपाले हालसम्म ७२ जिल्लाको अधिवेशन सम्पन्न गरिसकेको छ। भदौ मसान्तसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाएको राप्रपाले सो अवधिमा ७२ जिल्लाको अधिवेशन सकेको हो।

हालैको भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई भने अधिवेशनका लागि विशेष समय दिइएको छ। ती जिल्लाले असोज १५ गतेभित्र अधिवेशन सम्पन्न गर्न पाउनेछन्। यस्तै, भदौ मसान्तसम्म अधिवेशन गर्न बाँकी रहेका जुम्ला र धनकुटालाई पनि सोही समयभित्र अधिवेशन सम्पन्न गर्न समय दिइएको छ।

स्थानीय तह र जिल्ला अधिवेशनपछि राप्रपाले प्रदेश अधिवेशनको तयारी अघि बढाएको हो। केन्द्रीय निर्वाचन समितिले सातवटै प्रदेशमा हुने अधिवेशनका लागि केन्द्रीय निर्वाचन प्रतिनिधिसमेत तोकेको छ।

जसअनुसार कोशी प्रदेशमा निर्वाचन समिति सदस्य भरत पाठक, मधेस प्रदेशमा राजाराम श्रेष्ठ, बागमती प्रदेशमा प्रा। डा। जयन्तनाथ खनाल, गण्डकी प्रदेशमा अमृत पुडासैनी, लुम्बिनी प्रदेशमा निर्वाचन समितिका अध्यक्ष तोरणबहादुर गुरुङ, कर्णाली प्रदेशमा रमानन्द न्यौपाने र सुदूरपश्चिम प्रदेशमा निर्वाचन समिति सदस्य सचिव श्यामबहादुर शाहीलाई केन्द्रीय निर्वाचन प्रतिनिधि तोकिएको छ।

राप्रपाको विधानअनुसार प्रदेश अधिवेशनमा सम्बन्धित प्रदेशका जिल्ला अध्यक्ष तथा जिल्ला कार्यसमितिले आफूहरूमध्येबाट छनोट गरी पठाएका महिलासहित एक जना उत्पीडित प्रतिनिधि गरी सात जना सहभागी हुने व्यवस्था छ।

त्यस्तै, प्रदेशअन्तर्गतका प्रतिनिधिसभा निर्वाचन क्षेत्रका क्षेत्रीय अध्यक्ष तथा क्षेत्रीय कार्यसमितिले आफूहरूमध्येबाट छनोट गरी पठाएका महिला र उत्पीडित एक–एक जनासहित पाँच जना प्रतिनिधि रहनेछन्।

प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्यसमितिका अध्यक्ष तथा सम्बन्धित कार्यसमितिले आफूहरूमध्येबाट छनोट गरी पठाएका महिला र उत्पीडित एक–एक जनासहित चार जना प्रतिनिधि प्रदेश अधिवेशनमा सहभागी हुने व्यवस्था रहेको राप्रपाले जनाएको छ। सम्बन्धित प्रदेशका नगरपालिका तथा गाउँपालिका कार्यसमितिका अध्यक्षलाई पनि प्रतिनिधिका रूपमा छनोट गरी पठाउने व्यवस्था छ।

राप्रपामा केन्द्रीय महाधिवेशन प्रतिनिधि सक्रिय सदस्यहरूमध्येबाट छनोट गर्ने प्रावधान छ। समानुपातिक समावेशिताका आधारमा महाधिवेशन प्रतिनिधि चयन गरिनेछ।

राप्रपाले असोज १५ गतेसम्म सक्रिय सदस्यताका लागि आवेदन दिने तथा फाराम प्रविष्ट गर्ने समय तोकेको छ। देशभर सक्रिय सदस्यताको विवरण र फाराम भर्ने काम भइरहेको राप्रपाले जनाएको छ।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ७ : ४२ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी