युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन « Khabarhub

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान गरिरहेका छन् । युवामा बढ्दो निराशा, आर्थिक सुधारका बाबजुद उच्च बेरोजगारी तथा गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र आवासको माग निर्वाचनका प्रमुख मुद्दा बनेका छन् ।

उत्तर अफ्रिकी देशभर स्थानीय समयअनुसार बिहान ०८ बजेदेखि साँझ ७ बजेसम्म मतदान केन्द्र खुला रहनेछन् । करिब एक करोड ६० लाख दर्ता भएका मतदाताले ३९५ सदस्यीय हाउस अफ रिप्रेजेन्टेटिभ्सका लागि मतदान गर्नेछन् ।

करिब एक वर्षअघि युवाको नेतृत्वमा भएको प्रदर्शन र मोरक्कोको उत्तरी सीमा पार गरी स्पेनको भू–भाग सेउटा प्रवेश गर्न आप्रवासीले गरेको सामूहिक प्रयासपछि यो पहिलो निर्वाचन हो । सेउटा प्रवेश गर्ने प्रयासका क्रममा दर्जनौँ मानिसको मृत्यु भएको थियो ।

निर्वाचनको परिणामले आगामी प्रधानमन्त्री र सरकारको स्वरूप निर्धारण गर्नेछ । नयाँ सरकारले रणनीतिक विषयमा व्यापक अधिकार रहेको राजतन्त्रसँग मिलेर काम गर्नेछ । निर्वाचनको प्रारम्भिक परिणाम बिहीबार आउने अपेक्षा गरिएको छ ।

मोरक्कोले सन् २०३०को फिफा विश्वकप सहआयोजना गर्ने तयारी गरिरहेका बेला नयाँ सरकारले अर्बौं डलरको पूर्वाधार लगानी व्यवस्थापन गर्नुपर्नेछ । यस कारण नयाँ सरकारलाई ‘विश्वकप सरकार’का रूपमा पनि चित्रण गरिएको छ । रोजगारी सिर्जना, ज्याला वृद्धि र जीवनयापनको लागतजस्ता दैनिक सरोकार सम्बोधन गर्ने दबाब पनि नयाँ सरकारमाथि हुनेछ ।

धेरै युवा मोरक्कनमा राजनीतिक सहभागिताले आफ्नो दैनिक जीवनमा सुधार ल्याउन सक्छ भन्ने विश्वास कमजोर हुँदै गएको छ । केही युवा सडक प्रदर्शनमा सहभागी भएका छन् भने केहीले देश छाड्ने वा मतदान प्रक्रियाबाट टाढा रहने विकल्पबारे सोचिरहेका छन् ।मतदाताले २७ राजनीतिक दलका सात हजार २८८ उम्मेदवारमध्येबाट आफ्ना प्रतिनिधि चयन गर्नेछन् ।

मोरक्कोको संविधानअनुसार संसदीय निर्वाचनमा सबैभन्दा बढी सिट जित्ने दलका नेतालाई राजाले सरकार प्रमुख नियुक्त गर्नुपर्छ । कुनै पनि दलले स्पष्ट बहुमत हासिल गर्ने अपेक्षा नगरिएकाले सरकार गठनका लागि विजयी दलले अन्य दलसँग गठबन्धनका लागि वार्ता गर्नुपर्नेछ । ‘द डेमोक्रेटिक पाथ’लगायत केही वामपन्थी दलले निर्वाचनमा लोकतान्त्रिक मापदण्ड पूरा नभएको भन्दै बहिष्कारको आह्वान गरेका छन् । प्रतिबन्धित भए पनि सीमित रूपमा गतिविधि गर्दै आएको इस्लामवादी सङ्गठन ‘अल–अदल वाल एहसान’ले पनि निर्वाचनप्रति यस्तै आपत्ति जनाएको छ ।

संविधानले विदेशमा बस्ने मोरक्कन नागरिकलाई मतदानको अधिकार दिए पनि उनीहरूका लागि हुलाक वा मोरक्कन वाणिज्य दूतावासमार्फत मतदान गर्ने व्यवस्था छैन । उनीहरूले मतदानका लागि मोरक्को फर्कनुपर्ने वा आफ्नो तर्फबाट मतदान गर्न दर्ता भएका परिवारका सदस्य वा परिचितलाई अधिकार दिनुपर्ने व्यवस्था छ ।

सन् २०२१ को निर्वाचनयता मोरक्कोको जनसङ्ख्या बढे पनि दर्ता भएका मतदाताको सङ्ख्या नौ दशमलव सात प्रतिशतले घटेको छ । विश्लेषकले यसपटक मतदान सहभागिता कम हुन सक्ने अनुमान गरेका छन् । बुधबार कामकाजी दिन भए पनि कासाब्लान्का र राबातका मतदान केन्द्र खुल्नासाथ विभिन्न उमेर समूहका मतदाताको सानो तर निरन्तर लाइन देखिएको थियो । ६३ वर्षीय अवकाशप्राप्त बैङ्कर जमाल आमर वामपन्थी गठबन्धन ‘फेडेरेसन अफ द डेमोक्रेटिक लेफ्ट’का लागि मतदान गर्न आएको थियो ।

उनले मतदानमार्फत आफ्नो आवाज सुनाउन सकिने बताए । “यदि तपाईंले बहिष्कार गर्नुभयो भने, तपाईंले अरूका लागि खाली सिट छोड्नुहुनेछ,” उनले बताए ।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ९ : ०२ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी