परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता « Khabarhub

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाका अवसरमा आज न्युयोर्कमा भएको भेटवार्तामा फिनल्यान्डका विदेशमन्त्री भाल्टोनेनले नेपालमा हालैको बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खनालले फिनल्यान्डका विदेशमन्त्री भाल्टोनेनलाई नेपाल र नेपालीप्रति देखाउनु भएको सद्भावप्रति धन्यवाद दिए । सो अवसरमा उनीहरुबीच नेपाल–फिनल्यान्ड सम्बन्धका विविध पक्षका साथै बहुपक्षीय मञ्चमा सहकार्यका विविध विषयमा विचार आदानप्रदान गरेका थिए । साथै, आपसी हितका क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत उनीहरुबीच छलफल भएको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  १० : ३९ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी